उज्यालो नेपाल पार्टीद्वारा केन्द्रीय सचिवालय गठन, कुलमान घिसिङ अध्यक्ष चयन

काठमाडौं, चैत ७ गते । उज्यालो नेपाल पार्टीले आफ्नो संगठनलाई थप सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीले नवगठित सचिवालय मार्फत संगठन विस्तार र नीतिगत कामलाई तीव्रता दिने जनाएको छ।

नवगठित केन्द्रीय सचिवालयको अध्यक्षमा कुलमान घिसिङ चयन भएका छन् भने वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय रहेका छन्। त्यस्तै, उपाध्यक्षमा प्रा. डा. महेन्द्र लावति, महासचिवमा धर्म बहादुर चौधरी चयन भएका छन्।

सचिव पदमा रामेश्वर श्रेष्ठ, सुमि मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षमा भगवती कक्षपति नियुक्त भएका छन्। यस्तै, पार्टीको प्रवक्तामा श्री गुरुङ चयन हुँदा सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्य सचिवमा डा. राजु थापा रहेका छन्।

पार्टीका अनुसार नवगठित सचिवालयले संगठनलाई देशव्यापी रूपमा विस्तार गर्दै प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउने र पार्टीको नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजाने लक्ष्य समेत राखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.