Day: २०८२ चैत्र ७, शनिबार २३:२०

उज्यालो नेपाल पार्टीद्वारा केन्द्रीय सचिवालय गठन, कुलमान घिसिङ अध्यक्ष चयन

उज्यालो नेपाल पार्टीद्वारा केन्द्रीय सचिवालय गठन, कुलमान घिसिङ अध्यक्ष चयन

काठमाडौं, चैत ७ गते । उज्यालो नेपाल पार्टीले आफ्नो संगठनलाई थप सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीले नवगठित सचिवालय मार्फत संगठन विस्तार र नीतिगत कामलाई तीव्रता दिने जनाएको छ। नवगठित केन्द्रीय सचिवालयको अध्यक्षमा कुलमान घिसिङ चयन भएका छन् भने वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय रहेका छन्। त्यस्तै, उपाध्यक्षमा प्रा. डा. महेन्द्र लावति, महासचिवमा धर्म बहादुर चौधरी चयन भएका छन्। सचिव पदमा रामेश्वर श्रेष्ठ, सुमि मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षमा भगवती कक्षपति नियुक्त भएका छन्। यस्तै, पार्टीको प्रवक्तामा श्री गुरुङ चयन हुँदा सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्य…
Read More
त्रिभुवन माविमा ६४औं अभिभावक भेला सम्पन्न, नयाँ सदस्य चयनसँगै विभिन्न व्यक्तित्व सम्मानित

त्रिभुवन माविमा ६४औं अभिभावक भेला सम्पन्न, नयाँ सदस्य चयनसँगै विभिन्न व्यक्तित्व सम्मानित

हेटौँडा, चैत ७ गते । हेटौंडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा ६४औं अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयको व्यवस्थापनलाई थप सुदृढ बनाउन नयाँ सदस्यहरू चयन गरिएको छ। चयन भएका सदस्यहरूमा गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल र जमुना राई रहेका छन्। बाँकी सदस्यहरूको चयन प्रक्रिया आगामी तीन दिनभित्र सम्पन्न गरिने जानकारी विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिव रामकुमार बर्तौलाले दिएका छन्। कार्यक्रममा हेटौंडा–११ का वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो। सो अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षा विकास महाशाखा हेटौंडाका अधिकृत…
Read More
न्यु डाइमण्डको शानदार प्रदर्शन : जनशक्तिलाई हराउँदै फाइनलमा प्रवेश

न्यु डाइमण्डको शानदार प्रदर्शन : जनशक्तिलाई हराउँदै फाइनलमा प्रवेश

हेटौँडा, चैत ७ गते । हेटौंडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१० स्थित चौरमा भइरहेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा न्यु डाइमण्डले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्यु डाइमण्डले जनशक्तिमाथि पूर्ण नियन्त्रण जमाउँदै २५–१०, २५–१४ र २५–१८ को सहज जित निकाल्यो। खेलभरि न्यु डाइमण्डका खेलाडीहरुले समन्वय र आक्रामक खेल प्रस्तुत गर्दा जनशक्ति दबाबमा देखिएको थियो। अर्कोतर्फ, लुम्बिनी प्रदेशको स्टेप भलिबल क्लब पाल्पा र बागमती…
Read More
हेटौंडामा उल्लासपूर्ण रूपमा मनाइयो इद, मस्जिदहरूमा नमाज र शुभकामना आदानप्रदान

हेटौंडामा उल्लासपूर्ण रूपमा मनाइयो इद, मस्जिदहरूमा नमाज र शुभकामना आदानप्रदान

हेटौँडा, चैत ७ गते । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद-उल-फितर (इद) हेटौंडासहित देशभर शनिबार हर्षोल्लासका साथ मनाइएको छ। पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि मुस्लिम समुदायले इद पर्व धूमधामका साथ मनाएका हुन्। हेटौंडा–४ स्थित जामे मस्जिद मा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। बिहान साढे ७ बजे विशेष नमाज अदा गरेपछि उपस्थितहरूबीच अँगालो हाल्दै “इद मुबारक” भन्दै शुभकामना आदानप्रदान गरिएको मस्जिद समितिले जनाएको छ। इदको अवसरमा हेटौंडासँगै काठमाडौं लगायत तराईका जिल्ला—बारा, पर्सा, रौतहट, बाँके र कपिलवस्तु मा पनि ठूलो संख्यामा मुस्लिम समुदाय भेला भई सामूहिक नमाज अदा गरेका छन्। हेटौंडास्थित मस्जिदमा मात्रै करिब ५ सयभन्दा बढी श्रद्धालु सहभागी भएको जनाइएको…
Read More
हेटौंडा–२ र ५ बीचको खोल्सो फोहोरले पुरिँदै, बस्तीमा जोखिम बढ्दै

हेटौंडा–२ र ५ बीचको खोल्सो फोहोरले पुरिँदै, बस्तीमा जोखिम बढ्दै

हेटौँडा, चैत ७ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र ५ बीच बग्ने खोल्सो हाल फोहोर, माटो तथा अव्यवस्थित संरचनाका कारण क्रमशः पुरिँदै गएको पाइएको छ। खोल्सो साँघुरिँदै जाँदा आसपासका बस्तीहरूमा पुनः बाढी तथा डुबानको जोखिम बढ्ने चिन्ता स्थानीयवासीहरूले व्यक्त गरेका छन्। स्थानीयका अनुसार केही स्थानमा जग्गा संरक्षणको नाममा गरिएको संरचनाले खोल्सोको प्राकृतिक बहाव क्षेत्र घटाएको देखिन्छ। यसले भविष्यमा पानीको निकास अवरुद्ध भई थप समस्या निम्त्याउन सक्ने उनीहरूको भनाइ छ। यद्यपि सम्बन्धित जग्गाधनीहरूले आफ्नो निर्माण कार्य नक्सा अनुरुप नै भएको दाबी गरेका छन्। तर, स्थानीयहरूले राजकुलो तथा खोल्सो सम्बन्धी मापदण्ड पालना भएको वा नभएकोबारे स्पष्ट अनुगमन आवश्यक रहेको बताएका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.