हेटौडा–१३ का टोल विकास संस्थालाई वार्षिक भेला गर्न निर्देशन, नगरे अनुदान रोकिने चेतावनी

हेटौँडा, चैत १० गते । हेटौडा उपमहानगरपालिका–१३ नम्बर वडा कार्यालयले आफ्नो क्षेत्रभित्र रहेका सबै टोल विकास संस्थाहरूलाई यथाशीघ्र वार्षिक भेला तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।

वडा कार्यालयले जारी गरेको सूचनाअनुसार पदमपोखरी क्षेत्रका २६ वटै टोल विकास संस्थामध्ये हालसम्म वार्षिक भेला तथा अधिवेशन गर्न बाँकी रहेका संस्थाहरूलाई समयानुकूल रूपमा प्रक्रिया पूरा गर्न आग्रह गरिएको हो।

वडाध्यक्ष पेम्बा लामाका अनुसार टोल विकास संस्थाहरूको नियमितता, पारदर्शिता तथा सक्रियता कायम राख्न यस्तो निर्देशन जारी गरिएको हो। उनले तोकिएको समयभित्र भेला अधिवेशन सम्पन्न नगर्ने संस्थाहरूलाई राज्यबाट प्राप्त हुने अनुदान, विकास बजेट तथा अन्य सेवा–सुविधाबाट वञ्चित गरिने स्पष्ट पारे।

वडा कार्यालयले स्थानीय विकास तथा सामुदायिक सहभागिता प्रभावकारी बनाउन टोल विकास संस्थाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै सबै संस्थालाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.