काठमाडौँ, चैत १६ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार, लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेका स्थानीय तह र जिल्ला समन्वय समितिहरूमा ती कर्मचारीहरूलाई खटाइएको छ।
खटाइएका कर्मचारीमध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा प्रत्यक्ष कामकाज सञ्चालनका लागि खटाइएको मन्त्रालयले जानकारी दिएको छ। यस निर्णयको उद्देश्य सरकारी कामकाजमा पारदर्शिता, प्रभावकारिता र नेतृत्वको अभावलाई कम गर्नु रहेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 28













