हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९ हजार लिटर मदिरासहित ४ जना पक्राउ

हेटौँडा,चैत २९ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकिटोलमा सञ्चालन भइरहेको अवैध घरेलु मदिरा भट्टीमा प्रहरीले छापा मारेको छ। विशेष सूचनाको आधारमा दिउँसो करिब ४ बजेको समयमा पुगेको प्रहरी टोलीले उक्त कारबाही गरेको हो।

प्रहरीका अनुसार जगत बहादुर घिसिङको जस्ताले बनेको घरमा सञ्चालन भइरहेको मदिरा उत्पादन स्थलमा खानतलासी गर्दा ठूलो मात्रामा मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको छ। छापाका क्रममा करिब ४ हजार लिटर तयारी मदिरा र ५ हजार लिटर कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

यससँगै प्रहरीले ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टी चुलो, २ बोरा चामल तथा मदिरा उत्पादनमा प्रयोग हुने प्लास्टिकका ड्रम र बोतलहरू पनि नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न रहेको आरोपमा भट्टी सञ्चालक ६० वर्षीय जगत बहादुर घिसिङसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन र बाराबाट आएका कामदारहरू समेत रहेका छन्।

यस घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९ हजार लिटर मदिरासहित ४ जना पक्राउ

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९ हजार लिटर मदिरासहित ४ जना पक्राउ

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९ हजार लिटर मदिरासहित ४ जना पक्राउ

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९ हजार लिटर मदिरासहित ४ जना पक्राउ

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९ हजार लिटर मदिरासहित ४ जना पक्राउ

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९ हजार लिटर मदिरासहित ४ जना पक्राउ

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.