अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

हेटौंडा,बैशाख ९ गते । अपाङ्गता भएका महिलाहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको २० दिने बहुउपयोगी कपडाका झोला तथा ब्याग बनाउने तालिम सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले सहभागीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूले सिकेको सीपलाई आयआर्जनसँग जोड्न बजारीकरणको पक्ष अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। साथै उपमहानगरपालिका यस्ता तालिमहरूलाई निरन्तरता दिने र थप उन्नत तालिमहरू सञ्चालन गर्न आवश्यक सहकार्य गर्न तयार रहेको बताएका छन्।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जनको समेत उपस्थिति रहेको थियो। उनले अपाङ्गता भएका महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी भएको उल्लेख गर्दै आगामी दिनमा थप सहयोग गर्ने बताएका छन्।

तालिममा सहभागी महिलाहरूले सिकेका सीपले उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको बताएका छन्। उनीहरूले आगामी दिनमा आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउने लक्ष्य लिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.