Day: २०८३ बैशाख ९, बुधबार २३:३२

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

हेटौंडा,बैशाख ९ गते । अपाङ्गता भएका महिलाहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको २० दिने बहुउपयोगी कपडाका झोला तथा ब्याग बनाउने तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले सहभागीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूले सिकेको सीपलाई आयआर्जनसँग जोड्न बजारीकरणको पक्ष अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। साथै उपमहानगरपालिका यस्ता तालिमहरूलाई निरन्तरता दिने र थप उन्नत तालिमहरू सञ्चालन गर्न आवश्यक सहकार्य गर्न तयार रहेको बताएका छन्। कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जनको समेत उपस्थिति रहेको थियो। उनले अपाङ्गता भएका महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी भएको उल्लेख गर्दै आगामी दिनमा थप सहयोग गर्ने…
Read More
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको चेतावनी

राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको चेतावनी

काठमाडौँ,बैशाख ९ गते । सामाजिक सञ्जालमा राइड सेयरिङ सेवामा आबद्ध केही चालकहरूले सेवाग्राहीसँग भएका व्यक्तिगत कुराकानी सार्वजनिक गर्दै अपशब्द प्रयोग गरी भिडियो भ्लग बनाउने तथा पोष्ट गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति जिल्ला प्रहरी परिसर काठमाडौँले गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रहरीले यस्ता गतिविधिले व्यक्तिको गोपनीयता हनन गर्नुका साथै सामाजिक मर्यादा र कानुनी व्यवस्थामाथि प्रत्यक्ष असर पार्ने जनाएको छ। सेवाग्राहीसँगको निजी संवादलाई अनुमति बिना सार्वजनिक गर्नु तथा अपमानजनक भाषा प्रयोग गर्नु कानूनविपरीत हुने भन्दै तत्काल त्यस्ता भिडियोहरू हटाउन र भविष्यमा यस्ता कार्य नगर्न आग्रह गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सबै राइड सेयरिङ चालक तथा सम्बन्धित पक्षलाई जिम्मेवार र मर्यादित व्यवहार अपनाउन अनुरोध…
Read More
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

काठमाडौं, वैशाख ९ गते । गृहमन्त्री सुदन गुरुङले नैतिक जिम्मेवारी वहन गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि सम्हाल्दै आएको गृहमन्त्रीको जिम्मेवारीबाट आजैदेखि लागू हुने गरी अलग हुने घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्। गुरुङले आफ्नो स्टाटसमार्फत पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्। उनले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको भन्दै निष्पक्ष छानबिनका लागि आफू पदमुक्त हुनु आवश्यक ठानेको बताएका छन्। उनका अनुसार पदमा रहँदा कुनै ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् र छानबिन प्रक्रियामा असर नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएका हुन्। उनले देशमा…
Read More
विद्यार्थीलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन सरकारको निर्देशन

विद्यार्थीलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन सरकारको निर्देशन

काठमाडौं,बैशाख ९ गते । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले विद्यार्थीहरूलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले हालै जारी गरेको पत्रमार्फत यातायात व्यवसायी तथा सम्बन्धित संघ–संस्थाहरूलाई उक्त सुविधा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। विभागका अनुसार गत असोज ११ गते बसेको बैठकले विद्यार्थीहरूलाई सवारी भाडामा छुट दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार देशभरका सार्वजनिक सवारी साधनमा अध्ययनरत विद्यार्थीहरूले ४५ प्रतिशतसम्म भाडा छुट पाउने व्यवस्था गरिएको छ। पत्रमा भनिएको छ कि नेपाल सरकारका विभिन्न प्लेटफर्महरू (जस्तै ‘हेलो सरकार’ र गुनासो पोर्टल) मार्फत विद्यार्थीहरूले छुट सुविधा नपाएको गुनासो बढ्दो रूपमा आएको…
Read More
सुनसरीमा नेपालकै पहिलो सर्पदंश औषधि उत्पादन उद्योग सञ्चालनमा

सुनसरीमा नेपालकै पहिलो सर्पदंश औषधि उत्पादन उद्योग सञ्चालनमा

सुनसरी,बैशाख ९ गते । सुनसरी जिल्लाको बराहक्षेत्रमा नेपालमै पहिलो पटक सर्पदंश उपचारका लागि औषधि उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। Anti Snake Venom Serum Research and Manufacturing Pvt. Ltd. नामक उक्त उद्योगले लामो तयारीपछि औपचारिक रूपमा उत्पादन प्रक्रिया अगाडि बढाएको हो। २०७१ सालमै स्थापना गरिएको यो उद्योगले हालसम्म आवश्यक कानुनी प्रक्रिया, भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको व्यवस्थापन पूरा गरिसकेको जनाएको छ। उद्योगले २०८२ सालदेखि पूर्ण रूपमा उत्पादन कार्य सुरु गर्ने लक्ष्यसहित तयारी तीव्र बनाएको छ। यस संस्थाले सर्पदंशको औषधि उत्पादनका लागि आवश्यक सम्पूर्ण आधारहरू निर्माण गरिसकेको छ। जसअन्तर्गत सर्प पालन, घोडा पालन तथा खरायो पालनका लागि छुट्टाछुट्टै संरचना निर्माण गरिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.