गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

काठमाडौं, वैशाख ९ गते । गृहमन्त्री सुदन गुरुङले नैतिक जिम्मेवारी वहन गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि सम्हाल्दै आएको गृहमन्त्रीको जिम्मेवारीबाट आजैदेखि लागू हुने गरी अलग हुने घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्।

गुरुङले आफ्नो स्टाटसमार्फत पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्। उनले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको भन्दै निष्पक्ष छानबिनका लागि आफू पदमुक्त हुनु आवश्यक ठानेको बताएका छन्।

उनका अनुसार पदमा रहँदा कुनै ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् र छानबिन प्रक्रियामा असर नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएका हुन्। उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा युवापुस्ताको आवाजलाई समेत सम्मान गर्नुपर्ने बताएका छन्।

गुरुङले आफ्नो अभिव्यक्तिमा ४६ जना सहिदहरूको बलिदानबाट बनेको सरकारप्रति जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै नेतृत्वले नैतिक साहस देखाउनुपर्ने बताएका छन्। साथै, उनले सञ्चारकर्मी, आम नागरिक र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन आह्वान गरेका छन्।

उनले केही सञ्चारकर्मीहरूको समेत स्वार्थका विषयहरू विस्तारै सार्वजनिक हुने संकेत गर्दै समाजमा वास्तविक परिवर्तनका लागि सबै पक्षबाट त्याग र नैतिकताको आवश्यकता रहेको धारणा राखेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.