प्रेस स्वतन्त्रता प्रवर्धनका लागि वैशाख २० मा माइतीघर मण्डलबाट विशेष कार्यक्रम

काठमाडौं,बैशाख १८ गते । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसर पारेर प्रेस स्वतन्त्रताको प्रवर्धन तथा मानवअधिकार, विकास र सुरक्षासँग सम्बन्धित विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिने भएको छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माका अनुसार “शान्तिपूर्ण भविष्यको निर्माण, मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रममा वरिष्ठ पत्रकार, सञ्चारकर्मी, महासंघका सदस्य, नागरिक समाज, मानवअधिकारवादी, पेशागत संगठनका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम २०८३ साल वैशाख २० गते आइतबार बिहान ७ बजे काठमाडौँको माइतीघर मण्डलबाट सुरु हुने जनाइएको छ। आयोजकले प्रेस स्वतन्त्रता सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सरोकारवालाहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.