मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

रजैया,जेठ ४ गते । मनहरी गाउँपालिका, रजैया मकवानपुरले वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन प्लास्टिक झोला नियन्त्रण र फोहोर व्यवस्थापन सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ। गाउँपालिकाले “प्लास्टिक झोला न्यूनीकरण तथा नियन्त्रण निर्देशिका २०८२” बमोजिम गाउँपालिका क्षेत्रभित्र ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिक झोलाको आयात, बिक्री तथा प्रयोगमा पुनः प्रतिबन्ध लगाएको जनाएको हो।

गाउँपालिकाले अबदेखि बजार क्षेत्रमा अनिवार्य रूपमा ४० माइक्रोन वा सोभन्दा बढी मोटाइ भएका प्लास्टिक झोला वा कपडा तथा जुटका झोला मात्र प्रयोग गर्न आग्रह गरेको छ। वातावरण प्रदूषण नियन्त्रण र स्वच्छ गाउँपालिका निर्माण गर्ने उद्देश्यले यस्तो निर्णय लागू गरिएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी, प्रत्येक घरधुरी तथा व्यवसायबाट निस्किने फोहोर संकलन गर्दा कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र फोहोर संकलन गर्ने गाडीमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। गाउँपालिकाका अनुसार फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन स्रोतमै फोहोर वर्गीकरण अनिवार्य गरिएको हो।

सूचनामा ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोग गरेको पाइएमा वा फोहोर छुट्याएर नपठाएमा सामग्री जफत गर्नुका साथै कडा कानुनी कारबाही र जरिवाना गरिने चेतावनी दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.