“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

हेटौँडा,जेठ ५ गते। मकवानपुर जिल्लामा पछिल्लो समय बढ्दै गएको लागुपदार्थ प्रयोग, ओसारपसार तथा कारोबारका घटनाप्रति सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महत ले गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटस मार्फत मकवानपुरको वर्तमान अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै यस विषयमा राज्य र जनप्रतिनिधिहरू गम्भीर बन्नुपर्ने बताएका छन्।

उनले मकवानपुर विकास, उद्योग र राजमार्गसँग जोडिएको महत्वपूर्ण जिल्ला भए पनि यही क्षेत्र अहिले लागुपदार्थ ओसार-पसार र प्रयोगको जोखिममा परेको बताएका छन्। हेटौंडा लगायत विभिन्न क्षेत्रमा पटक–पटक लागुपदार्थसहित पक्राउ पर्ने घटनाले समाज र विशेषगरी युवापुस्ता माथि ठूलो खतरा बढिरहेको संकेत गरेको उनको भनाइ छ।

महतले देशभर जनचेतनामूलक कार्यक्रम, अभियान र बजेट खर्च भइरहे पनि वास्तविक रूपमा समस्या न्यूनीकरण हुन नसकेको टिप्पणी गरेका छन्। “यदि कार्यक्रम प्रभावकारी छन् भने समस्या किन बढिरहेको छ? यदि नियन्त्रण कडा छ भने युवाहरू सजिलै यसको पहुँचमा किन पुगिरहेका छन्?” भन्दै उनले राज्यका कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठाएका छन्।

उनका अनुसार बेरोजगारी, गलत संगत, मानसिक तनाव, कमजोर निगरानी, खुला पहुँच तथा प्रभावकारी नियन्त्रणको अभावका कारण धेरै युवा लागुपदार्थको दलदलमा फसिरहेका छन्। विशेषगरी राजमार्गसँग जोडिएको मकवानपुरमा ओसार-पसारको जोखिम अझ बढी रहेको र विद्यालय तथा कलेज आस-पाससम्म यसको पहुँच बढिरहेको गुनासो आम रूपमा सुनिन थालेको उनले उल्लेख गरेका छन्।

महतले लागुपदार्थले केवल एक व्यक्तिलाई मात्र नभई परिवार, समाज र राष्ट्रको भविष्यलाई समेत असर पार्ने बताएका छन्। “कुलतमा फसिरहेको एउटा युवा भनेको एउटा परिवारको सपना र राष्ट्रको भविष्य नै जोखिममा पर्नु हो,” उनले लेखेका छन्।

उनले अब केवल औपचारिक कार्यक्रम, भाषण र फोटोमा सीमित अभियानभन्दा परिणाममुखी काम आवश्यक रहेको बताएका छन्। मकवानपुरमा विशेष निगरानी, राजमार्ग क्षेत्रमा कडा चेकजाँच, विद्यालय तथा कलेज आसपास नियमित अनुगमन, कारोबारीमाथि कठोर कारबाही, उपचार तथा पुनःस्थापना केन्द्रलाई प्रभावकारी बनाउने, मानसिक स्वास्थ्य परामर्श उपलब्ध गराउने तथा युवालाई खेलकुद, शिक्षा र रोजगारीसँग जोड्ने दीर्घकालीन योजना आवश्यक रहेको उनको धारणा छ।

साथै जनचेतनाका नाममा खर्च भइरहेको बजेट कहाँ र कसरी प्रयोग भइरहेको छ भन्ने विषयमा समेत पारदर्शी समीक्षा हुनुपर्ने उनले बताएका छन्।

सामाजिक अभियान्ता महतले सांसदहरूलाई संसदमा यो विषय गम्भीर रूपमा उठाएर सरकारलाई प्रभावकारी नीति तथा व्यवहारिक कदम चाल्न दबाब दिन आग्रह गरेका छन्। उनले “युवा बचाऊँ, भविष्य बचाऊँ” भन्ने कुरा अब नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.