हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा,जेठ १४ गते। हेटौंडा उपमहानगरपालिका–११ मा एक दिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । न्यायिक समिति हेटौंडा–११ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम न्यायिक समिति हेटौंडा–११ की संयोजक शर्मिला अधिकारीको सभाध्यक्षता तथा वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । स्थानीय तहमा रहेका न्यायिक समितिको भूमिका, कानुनी अधिकार तथा समुदायस्तरमा देखिने विभिन्न विवाद र हिंसाका विषयमा नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय तहमा हुने पारिवारिक विवाद, घरेलु हिंसा, अन्याय, सामाजिक विभेद तथा विभिन्न प्रकारका कुरिती विरुद्ध कसरी कानुनी रूपमा समाधान खोज्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको कानुन शाखा प्रमुख लक्ष्मण मैनाली तथा अधिवक्ता सुजन तिमल्सिनाले न्यायिक निरुपण, मेलमिलाप प्रक्रिया तथा स्थानीय तहको न्यायिक समितिको अधिकार क्षेत्रबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वडा सदस्यद्वय गोपिनी सापकोटा र गीता सुनार, सहायक वडा सचिव जीवन ढुङ्गेल, २३ वटै टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालय, खानेपानी, वन, सहकारी संस्था, नेपाल रेडक्रस, परिवार नियोजन संघ, बाल क्लब, सिविन बाल हेल्पलाइन तथा बाल सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले यस्ता सचेतना मूलक कार्यक्रमले समुदायमा न्यायप्रतिको पहुँच बढाउनुका साथै सामाजिक समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.