पाँच प्रदेशमा बदलीसँगै वर्षा, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङको सम्भावना

काठमाडौं, असार ३० गते । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भूभागमा मौसम बदली रहँदा विभिन्न प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज राति ११ः१५ बजेसम्मको मौसम अवस्थाअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसमसम्बन्धी विवरणमा उल्लेख गरिएको छ।

हाल कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।

सम्बन्धित निकायले वर्षा भइरहेका तथा वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन, विशेषगरी पहाडी क्षेत्रका सडकमा यात्रा गर्दा सावधानी अपनाउन तथा नदी–खोला आसपास अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.