हराएको मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझायो

हेटौंडा, असार ३१ गते । मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

प्रहरीका अनुसार असार ३० गते हेटौंडा उपमहानगरपालिका–१० स्थित हेटौंडा बसपार्कबाट बागमती प्रदेश ०२–०३१ प ६६७७ नम्बरको मोटरसाइकल हराएको भन्दै कैलाश गाउँपालिका–१ निवासी सुदिप नेगीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए।

निवेदन प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खोजतलास कार्य तीव्र बनाइएको थियो। खोजतलासका क्रममा हराएको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।

मोटरसाइकल फेला परेपछि आवश्यक कानुनी प्रक्रिया तथा सनाखत सम्पन्न गरी सम्बन्धित धनी सुदिप नेगीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.