हेटौंडा, भदौ १६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–१ त्रिखण्डीमा मालवाहक ट्रक बिग्रिएपछि अवरुद्ध भएको हेटौंडा–भैंसे सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
मंगलबार बिहान करिब १०ः५० बजे वैकल्पिक ड्राइभर्सनमा ना.५ ख ५४१८ नम्बरको मालवाहक ट्रकको सापट भाँचिएपछि सडक एकतर्फी अवरुद्ध भएको थियो। ट्रक सडकखण्डमै बिग्रिएपछि केही समय सवारी आवागमन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडक अवरुद्ध भएपछि प्रहरीले जेसिबीको सहयोगमा बिग्रिएको ट्रकलाई सडकबाट हटाएको थियो। ट्रक हटाएसँगै बिहान ११ः४५ बजे सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सडक सञ्चालनमा आएपछि हेटौंडा–भैंसे सडकखण्डमा रोकिएका तथा आवतजावत गरिरहेका सवारीसाधनको आवागमन सामान्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 25














