आश्माले जितिन् मिस नेपाल २०२४ को ताज (भिडियो)

चन्द्र घलान, मकवानपुर । मिस नेपाल २०२४ को ताज आश्मा कुमारी केसीले जितेकी छिन् । शनिबार भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिका लागि फाईनलमा आस्मा कुमारी केसी, सिम्रिका मानन्धर, प्रेरभिात स्वार, श्रद्धा सुमन सिलवाल, करुणा रावत र सुमना केसीबिच कडा प्रतिस्पर्धा भएको थियो । नतिजा घोषणा प्रश्चात आश्मालाई मिस नेपाल वल्र्ड २०२३ की विजेता श्रृच्छा प्रधानले मिस नेपाल वल्र्ड २०२४ को क्राउन हस्तान्तरण गरेकी थिईन् । शोमा मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि जीतेकी छ्नि ।

शोको सबटाईटल अवार्डतर्फ मिस नेपाल वर्लड आश्माकुमारी केसीले मिस सिल्क र फेस अफ द इयरको अवार्ड पनि जितेकी थिईन् । मिस नेपाल अर्थ सुमना केसीले ब्युटी विथ अ पर्पोज र मिस हाईजिन अवार्ड पनि जितेकी छिन् । त्यस्तै किम्ति श्रेष्ठले वुमन विथ विंग्स, दिक्षा अवस्थीले मिस इन्टलेक्चुअल, श्रद्धासुमन सिलवालले मिस फोटोजेनिक, अम्बिका रानाले मिस ग्रीन भिजिनरी, अञ्जना पुनले सर्वाधिक भोट ल्याउँदै मिस पपुलर च्वाईस जित्नुका साथै मिस डिएचआईको अवार्ड पनि जितिन् । त्यस्तै प्रेरविता स्वरले मिस कन्फिडेन्ट, साईरा खड्काले मिस भिजिनरी, सिम्रिका मानन्धरले मिस हेल्दी स्किन, र उर्जा नेवाले मिस फिटनेश अवार्ड जितेका थिए ।

मिस नेपाल वर्ल्ड जितेकी काठमाडौँकी आश्मा २६ वर्षकी छिन् । उनी उमन इम्पोवरमेन्टमा रुचि राख्छिन् । ५ फिट ५ ईन्च उचाई भएकी आश्माले सोसिएल वर्कमा ब्याचलर गरेकी छिन् । उनी इन्टरप्रेनर हुन् । त्यस्तै मिस नेपाल अर्थ जितेकी सुमना केसी चितवनकी हुन् । ५ फिट ६ ईन्च उचाई भएकी सुमनाले डेन्टल सर्जरीमा ब्याचलर गरेकी छिन् । डेन्टिष्टका रुपमा कार्यरत सुमना सामाजिक संस्थामा पनि कार्यरत छिन् । मेडिकल क्षेत्रबाट पहिलो पटक मोडलिङ क्षेत्रमा प्रवेश गरेकी सुमना हेल्थ एड्भोकेसीलाई अगाडि बढाउन चाहन्छिन् ।

त्यस्तै मिस नेपाल ईन्टरनेशनल बनेकी करुणा रावत तनहुँकी हुन् । ५ फिट ४ ईन्च उचाई भएकी उनले वेस्टर्न सिड्नी युनिभर्सिटीबाट नर्सिङमा ब्याचलर गरेकी छिन् । उनी रजिस्टर्ड नर्स हुन् । मानसिक स्वास्थ्यका क्षेत्रमा ३ वर्ष नर्सिङ सेवा गरेकी करुणा त्यसै क्षेत्रमा नेपालमा विभिन्न प्रोजेक्टमा काम गर्न चाहन्छिन् । हेर्नुहोस् भिडियो–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आश्माले जितिन् मिस नेपाल २०२४ को ताज (भिडियो)

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

आश्माले जितिन् मिस नेपाल २०२४ को ताज (भिडियो)

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

आश्माले जितिन् मिस नेपाल २०२४ को ताज (भिडियो)

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

आश्माले जितिन् मिस नेपाल २०२४ को ताज (भिडियो)

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

आश्माले जितिन् मिस नेपाल २०२४ को ताज (भिडियो)

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

आश्माले जितिन् मिस नेपाल २०२४ को ताज (भिडियो)

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.