‘नमेटिने घाउ’मा एसिड आक्रमणमा परेकाहरुको कथा

मकवानपुर । एसिड आक्रमणका पीडितहरुको सत्य कथामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोलीले हेटौँडामा संचारकर्मीसँग भेटघाटसहित पत्रकार सम्मेलन गरेका छन् । रमित ढुंगाना फिल्म प्रडक्सद्वारा निर्मित ुनमेटिने घाउु चलचित्रको प्रवर्धन पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एसिड पीडितहरुको तस्बिर राखिएको निर्माण टिमले बताए ।

शनिबार हेटौंडा पत्रकार सम्मेलन गर्दै निर्माण टोलीले भदौ ७ गतेदेखि देशव्यापी प्रदर्शन गरिने चलचित्रमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद ज्ञानेन्द्र शाहीलगायतको अभिनय रहेको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्माता रमिले यसअघि आफूले एसिड पीडित मुस्कान खातुनको बायोपिक ‘मुस्कान’ बनाउने तयारी रहेको थियो । तर, त्यसलाई स्थगित गरेर अन्य एसिड पीडितलाईसमेत समेटेर ‘नमेटिने घाउ’ निर्माण गरेको बताए ।

पटकथा लेखक शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर फिल्म लेखेको रमित बताउँछन् । गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए । यो फिल्म रमितको डेब्यु निर्देशकीय फिल्म समेत हुनेछ भने निर्माणको रुपमा तेस्रो प्रोजेक्ट । यसअघि उनले ‘माया नमार’ र ‘बुद्ध इज बर्न इन नेपाल’ फिल्मको निर्माण गरेका थिए ।

यस फिल्मपश्चात् पृथ्वीनारायण शाहको बायोपिक फिल्म बनाउने र यसमा रमित आफैंले पृथ्वीनारायणको भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

‘नमेटिने घाउ’मा एसिड आक्रमणमा परेकाहरुको कथा

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

‘नमेटिने घाउ’मा एसिड आक्रमणमा परेकाहरुको कथा

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

‘नमेटिने घाउ’मा एसिड आक्रमणमा परेकाहरुको कथा

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

‘नमेटिने घाउ’मा एसिड आक्रमणमा परेकाहरुको कथा

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

‘नमेटिने घाउ’मा एसिड आक्रमणमा परेकाहरुको कथा

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

‘नमेटिने घाउ’मा एसिड आक्रमणमा परेकाहरुको कथा

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.