द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

मकवानपुर । द भोईस अफ नेपालका चर्चित कोच गायक प्रमोद खरेल सिजन ६ मा नहुने समाचार बाहिरिएपछि दर्शकहरु आक्रोशित बनेका छन् । शोमा सबैका प्रिय कोचका रुपमा देखिएका कोच प्रमोद खरेललाई अन्तिम समयमा किन आउट गरियो भन्दै दर्शकहरुले कारण सोधिरहेका छन् । यस विषयमा भोईस टिमबाट भने कुनै जवाफ आएको छैन । आखिर किन भए त गायक प्रमोद खरेल भोईसबाट आउट ? के हो वास्तविकता ?

द भोईस अफ नेपाल सिजन ६ का ४ जना कोचहरुका विषयमा भोइसको टिमबाट औपचारिक घोषणा त भएको छैन । कोचमा गायक राजु लामा फर्कने विषय भने निश्चित भएका कारण यसबारे प्रोमो नै सार्वजनिक भएको थियो । तर केही दिनअघि अनलाईन खबरबाट शोको नयाँ ४ कोचहरुका विषयमा समाचार प्रकाशन भएपछि भने कोच प्रमोद खरेल शोबाट आउट भएको भन्दै दर्शकहरु निराश भएका हुन् । समाचारमा जनाइए अनुसार गायक राजु लामा, उदय सोताङ, खेम सेञ्चुरी र गायिका मेलिना राई यस सिजनमा कोचका रुपमा रहनेछन् । औपचारिक रुपमा घोषणा नभएता पनि कोच प्रमोद खरेल बाहिरिएको अब लगभग निश्चित भइसकेको छ । तर यसअघि कोच प्रमोद खरेल सिजन ६ मा आउने लगभग पक्का जस्तै देखिन्थ्यो ।

गायक प्रमोद खरेल केही समयअघि शोका निर्माता तथा होष्ट सुशिल नेपालसँगै एक कार्यक्रममा देखिएका थिए । जहाँ उनी द भोईसकै कोचका रुपमा प्रस्तुत भएका थिए । उनी कमेडी दरबार कार्यक्रमको एपिसोड ५ मा सहभागी भएका हुन् । यसबाट पनि उनी सिजन ६ मा कोचका रुपमा देखिने छन् भन्ने कुरा प्रष्ट भएको थियो । त्यस समयसम्म कोचका रुपमा आउने भएका प्रमोद किन शोमा अन्तिम समयमा सहभागी भएनन् ? के उनी व्यस्त छन् ? अस्वस्थ छन् वा भोईस टिमसँग के कुरा मिलेन ? दर्शकहरुले यस्तै प्रश्न तेर्स्याई रहेका छन् । यसको वास्तविक जवाफ भने गायक प्रमोद खरेल र भोईस टिमले मात्रै दिनसक्ने देखिन्छ । हेर्नुहोस् भिडियो सामग्री–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.