काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँमा जारी गरिएको कर्फ्युको समय पुनः थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भोलि बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको जानकारी गराएको हो।
आन्दोलनकारी राजावादी प्रदर्शनकारीहरूले चलाएको जनलहर प्रदर्शन उग्र हिंसात्मक हुँदै गइसकेपछि काठमाडौँको तिनकुने सहितका क्षेत्रलाई निषेधित क्षेत्र बनाएर आज राति १० बजेसम्म गरिएको कर्फ्युको समयलाई थप गरी भोलि बिहान ७ बजेसम्मको लागि थपिएको छ।
शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थानलाई तोकेर कर्फ्युको समय तोकिएको छ। कर्फ्युको समय अवधि थपिएको जानकारी भने प्रहरीले माइकिङद्वारा गराएको थियो। कर्फ्यु समय लागू भइसके पनि प्रदर्शनकारीहरूले काठमाडौँका विभिन्न ठाउँहरूमा तोडफोड र आगजनी भने गर्न छोडेका थिएनन्।
प्रतिकृया दिनुहोस्
Post Views: 162














