निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

हेटौंडा। जसपा नेपाल बागमती प्रदेश समितिले पार्टीको साधन सदस्य नरहने गरी कारबाहीमा परेका व्यक्ति निवर्तमान सोमबहादुर घलानलाई एक प्रेस विज्ञप्ति मार्फत पार्टीलाई अराजकता तर्फ लैजाने क्रियाकलापहरू अथवा विधान विपरीत कुनै पनि गैर जिम्मेवारी कार्य नगर्न नगराउन सचेत गराइएका छन्। आज एक प्रेस विज्ञप्ति मार्फत जसपा नेपाल बागमती प्रदेश समितिका अध्यक्ष जीवन लामाले उक्त विषयमा जानकारी गराएका हुन्।

निवर्तमान अध्यक्ष सोमबहादुर घलानले आफू कुनै पनि साधारण सदस्य नरहेको बखत पनि पार्टीको विधान विपरीत हुनेगरी लेटर,प्याड,छाप र लोगो आदिको दुरुपयोग गरिएको विषयमा जसपा नेपाल बागमती प्रदेश समितिको आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

साथै निवर्तमान अध्यक्ष घलानलाई आजैको मितिबाट त्यस प्रकारका कुनै पनि पार्टीको विधान विपरीत हुने कार्य अराजक गतिविधि र गैर जिम्मेवारी कुनै पनि कार्य नगर्न विशेष जानकारी गराएको छ। यदि सचेत गराउँदा पनि त्यस किसिमको कुनै पनि अराजक गतिविधिहरू गरिएको पाइएमा नेपाल सरकारको कानबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने यसै प्रेस विज्ञप्ति मार्फत निवर्तमान अध्यक्ष घलानलाई जानकारी गराइएको छ।

निवर्तमान अध्यक्ष घरानलाई यसअघि नै पार्टीको विधान विपरीत अराजक गतिविधि गरेको भनी पौष २७ गतेको जिल्लाको बैठकले साधारण सदस्य पनि नरहने गरी जिल्लाबाट निष्कासन गरिएको थियो।

गएको चैत्र १६ गते जसपा नेपाल मकवानपुर जिल्ला प्रथम ऐतिहासिक अधिवेशन भेलाबाट मकवानपुर जिल्लाको लागि उत्तम गोम्जाको अध्यक्षतामा ४१ कार्यसमिति सर्वसम्मत पारित गरी नयाँ आधिकारिक संगठन अहिले विस्तार गरिसकेको छ।

जसपा नेपाल बागमती प्रदेश समितिले गरेको प्रेस विज्ञप्ति हेर्नुहोस्! 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.