उर्लाबारी, मोरङ । उर्लाबारी नगरपालिका काजकिरिया सहायता कार्यक्रमअन्तर्गत मृतक परिवारलाई घरमै पुगेर राहत सामग्री वितरण गरिएको छ।
उर्लाबारी–१, लक्ष्मीझार निवासी विशाल विकको निधनपछि कार्यवाहक नगर प्रमुख भीष्मराज बुढाथोकी र वडा नम्बर १ की वडा सदस्य टीका भुजेल शोकाकुल परिवारको घर पुगेका थिए। उनीहरूले मृतकका परिवारलाई खाद्यान्नसहितका राहत सामग्री प्रदान गरेका हुन्।
कार्यवाहक नगर प्रमुख बुढाथोकीले शोकमा डुबेका परिवारलाई नगरपालिका सधैं साथमा रहेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नगरपालिकाले काजकिरिया सहायता कार्यक्रमअन्तर्गत विपद् तथा दुःखद घडीमा नागरिकलाई सहजता प्रदान गर्न राहत सामग्री वितरण गर्दै आएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 171














