मातातिर्थ औसीका अवसरमा उर्लाबारीमा ३० जना आमाहरूलाई सम्मान

उर्लाबारी। नेपाली संस्कृतिमा आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने विशेष दिन मातातिर्थ औसीको अवसरमा उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिर व्यवस्थापन समितिले परोपकार वृद्ध चौतारीका ३० जना आमाहरूलाई विशेष सम्मान गरेको छ।

आईतबार आयोजित सम्मान कार्यक्रममा आमाहरूलाई फलफूल खुवाई, दोसल्ला ओढार स्नेहपूर्वक सम्मान गरिएको थियो। कार्यक्रम व्यवस्थापन समितिका सदस्यहरूबाट संकलित आर्थिक सहयोगमार्फत सम्पन्न गरिएको समितिका अध्यक्ष राजन रायमाझीले जानकारी दिनुभयो । रायमाझीका अनुसार, आमाहरूको सम्मान गर्नु नै मातातिर्थ औसीको सही अर्थ पुष्टि गर्नु हो भन्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा शुशिला भगवत दासी, इन्द्र भट्टराई, चन्द्रिका घले, चन्द्र भट्टराई, शान्ता थापा बस्नेतलगायत मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। उनीहरूले आमाहरूलाई शुभकामना व्यक्त गर्दै, यस्तो कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरे।
आयोजक समितिका पदाधिकारीहरूले भने, “समाजले आमाहरूको योगदानप्रति सदैव कदर गर्नुपर्छ। आजको सम्मानले वृद्ध आमाहरूमा आत्मसम्मान र उत्साह थपिएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”

कार्यक्रमले समाजमा आमाप्रति कृतज्ञता र सम्मानको भावना अझ गहिरो बनाउने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.