बारा जिल्लामा बस दुर्घटना हुँदा ११ जना घाइते

बारा। बारा जिल्लाको कलैयामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जको तिनकुने भन्ने पुलमा सो दुर्घटना भएको हो।

उक्त बस दुर्घटनामा परी ग २ ख १६५५ नम्बरको चालक कास्की जिल्ला,रुपा गाउँपालिका ७ बस्ने वर्ष ४० को रविकुमार ताम्राकार घाइते भएका छन्। घाइते ताम्रकारको मुखमा चोट लागेको छ। अहिले उनलाई हेटौडा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सोही बसका सहचालक रूपमा रहेका घर कास्की रहेको वर्ष ५० को बासुदेव अधिकारी पनि घाइते भएका छन्। उनको दुबै खुट्टामा चोट लागेको अवस्था छ। उनलाई पनि हेटौडा सामुदायिक अस्पतालमा अहिले उपचारको लागि ल्याइएको छ।

त्यस्तै अन्य घाइते हुनेहरूमा तनहुँ भानु नगरपालिका ८ बस्ने वर्ष ३० को अनिल कुमार बस्नेत, इलाम इलाममाई नगरपालिका ४ बस्ने वर्ष ३१ को राजेन्द्र सुनुवार, पाँचथर फेदिम नगरपालिका ५ बस्ने वर्ष ३२ को खर्क सिंह तुमवापो, सप्तरी हलुवा नगरपालिका १ बस्ने वर्ष २० को भरत ईश्वर, पाँचथर हिलेहाङ गाउँपालिका ६ बस्ने वर्ष ६० कि बुद माया याव, सल्यान कालिमाटी गाउँपालिका ३ बस्ने वर्ष २८ कि पुष्पा ओली, इलाम सूर्य दैले नगरपालिका १२ बस्ने वर्ष २२ कि मनिषा राई, झापा दमक नगरपालिका १ बस्ने वर्ष २० कि निशा लिम्बु, दोलखा विष्णु गाउँपालिका ५ बस्ने वर्ष १९ को अनुराग खड्का,भारत जि. सिलोङ बस्ने वर्ष २५ को रेशम थापा र सोही स्थानमा बस्ने सागर क्षेत्री, इलामदेवमाई नगरपालिका ८ बस्ने वर्ष २९ को दलबहादुर राई, इलाम नगरपालिका १ बस्ने वर्ष ३७ को तेजबहादुर राई र सोही स्थानमा बस्ने सञ्जीव राई र खोटाङ केपी लासगढी गाउँपालिका ७ बस्ने वर्ष ३२ को टेकबहादुर राई घाइते भएका छन्।

दुर्घटनामा परेका उक्त बस आज पोखराबाट रौतहट तर्फ आउँदै गरेको ग १ ख ११५४ नम्बरको बसलाई काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसले पछाडिबाट ठक्कर दिन पुगेको थियो।

बसलाई ठक्कर दिइसकेपछि उक्त बस अनियन्त्रित भई पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ५१८७ नम्बरको कोइला लोड रहेको लहरी ट्रक सडक छेउमा बिग्री रोकिराखेको अवस्थामा उक्त ग २ ख १६५५ नम्बरको बसलाई ठोकिन गएको थियो। त्यसपछि बस भने सडकबाट ५ मिटर तल खस्न पुगी दुर्घटना हुन पुगेको थियो।

ठक्कर दिने ग १ ख ११५४ नम्बरको बस र बस चालक चितवन जिल्ला राप्ती नगरपालिका ३ बस्ने वर्ष ४७ को तिलकबहादुर थापा मगरलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जको नियन्त्रणमा राखिएको बताएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.