शिरिषका फूलले सजिन थाल्यो उर्लाबारी ५ को पुष्प नगरी,आउन थाले टिकटक बनाउने युवा युवती

उर्लाबारी। वसन्त ऋतुको आगमनसँगै उर्लाबारी ५ को पुष्प नगरी (हाटखोला) मा शिरिषका फूलहरू ढकमक्क फुल्न थालेका छन्। मधुमल्ला सडकखण्डको किनारामा फुलिरहेका यी शिरिषका फूलहरुले बिगत वर्ष झैँ यस वर्ष पनि वसन्तको रङ्गीनता थपेका छन्।

उर्लाबारी ५ की बसन्ता देवी फागोको परिवारले रोपेका यि शिरिषका रुखहरू अहिले युवायुवतीहरूको आकर्षणको केन्द्र बनेका छन्। प्रेम र रोमान्सको प्रतीक वसन्त ऋतुमा, फुलिरहेका शिरिषका फूलहरूको छायाँमा तस्वीर खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जाल, विशेष गरी टिकटकमा अपलोड गर्ने युवाको लहर सुरु भएको छ।

प्राकृतिक सौन्दर्यको अनुपम नमूना बनेको पुष्प नगरीमा अहिले दैनिक दर्जनौं युवायुवती पुग्न थालेका छन्। यसले स्थानीय पर्यटनलाई पनि टेवा पुर्याएको छ। शिरिषका रुखहरूमा फुलेका फूलहरूले सडकलाई मानौं ‘प्राकृतिक गैलरी’मा परिणत गरेको छ।

विगत केही वर्षयता सहरीकरण र वातावरणीय दोहनका कारण चराचुरुंगीको चिरबिर र कोइलीको कुहुक सुनिन छाडे पनि, पुष्प नगरीका यी फूलका बुट्टाहरुले मानिसहरूलाई अझै पनि प्रकृतिसँग जोड्ने काम गरिरहेको स्थानीयवासी बताउँछन्।

स्थानीय बासिन्दाहरूले यी फूलहरूको संरक्षण र प्रवर्द्धनका लागि योजनाबद्ध पहल गरिनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.