मिक्लाजुङ गाउँपालिकाले गर्यो नयाँ भवनबाट सेवा प्रवाह सुरु

मोरङ। मोरङ जिल्लाको दुर्गम तथा कम विकसित मानिने मिक्लाजुङ गाउँपालिकाले स्थायी प्रशासनिक भवनबाट सेवा प्रवाह थालेको छ। साविकका टाँडी,मधुमल्ला, रमितेखोला र जाँते गाविसका केही वडा मिलाएर बनेको यो गाउँपालिकाले अब व्यवस्थित भवनमार्फत सेवा दिन थालेको हो। शसस्त्र द्वन्द्वको समयमा विद्रोही पक्षले आगजनी गरेर जिर्ण बनाएको साविक मधुमल्ला गाविसको कार्यालय भवन मर्मत गरेर सेवा दिइँदै आएको थियो।

स्थानीय तहको अधिकार प्रयोग गर्दै गाउँपालिकाले विकासको गति लिएको भए पनि पर्याप्त कार्यालयको अभावले प्रभावकारी सेवा प्रवाहमा चुनौती आएको थियो । नयाँ भवनले त्यो अभाव पुरा गर्नेमा आफु विश्वस्त रहेको उपाध्यक्ष दिनेश पौडेलले बताए। पुरानो भवन अपर्याप्त भएपछि २०७७ साल फागुन २१ गते जिल्ला समन्वय समिति मोरङ र गाउँपालिकाको संयुक्त लगानीमा ५ करोड ६९ लाख ३२ हजार २ सय ३५ रुपैया मध्ये ३ करोड ७३ लाख ४२ हजार १ सय ३० रुपैयाको लागतमा नयाँ भवन निर्माण प्रक्रिया सुरु गरिएको थियो ।

करिब ६ वर्षपछि निर्माण सम्पन्न भई अबदेखि स्थायी भवनबाट सेवा प्रवाह थानली गरिएको र जनाताको अवश्यतालाई व्यवस्थित भवनबाट सुविधाजनक तवरले अगाडी बढाउदै लगिने गाँउपालिका अध्यक्ष बबी कुमार राईले बताए।
संघीयता लागू हुनुअघि मिक्लाजुङमा एक किलोमिटर पनि कालोपत्रे सडक थिएन। तर अहिले ४० किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण भई सेवा र विकास दुबैमा गाउपालिकाले फड्को मारेको छ।

भौतिक पूर्वाधार निर्माणमा मिक्लाजुङ गाउँपालिकाले उल्लेखनीय सफलता हासिल गरेको छ । पाँच वर्षमा आफ्नै स्रोतबाट २४ किलोमिटर सडक कालोपत्रे गरेको जनाइएको मिक्लाजुङ अब व्यवस्थित भवनसँगै सेवा प्रवाहमा थप सक्षम भएको कार्यक्रमका प्रमुख अथिती मोरङ जिल्ला समन्वय समितीका अध्यक्ष अजम्वर राईले बताए।

प्रदेश र संघीय सरकारको योजना अनुसार थप सडकहरू कालोपत्रे भएपछि मिक्लाजुङको प्रमुख बजार र गाउँका लिंक रोडहरू पूर्ण रूपमा व्यवस्थित भएका छन् । मिक्लाजुङ गाउँपालिकाको स्थायी प्रशासनिक भवनबाट सेवा सुरु भएपछि अब यहाँका बासिन्दाले सहज र गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मिक्लाजुङ गाउँपालिकाले गर्यो नयाँ भवनबाट सेवा प्रवाह सुरु

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

मिक्लाजुङ गाउँपालिकाले गर्यो नयाँ भवनबाट सेवा प्रवाह सुरु

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

मिक्लाजुङ गाउँपालिकाले गर्यो नयाँ भवनबाट सेवा प्रवाह सुरु

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

मिक्लाजुङ गाउँपालिकाले गर्यो नयाँ भवनबाट सेवा प्रवाह सुरु

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

मिक्लाजुङ गाउँपालिकाले गर्यो नयाँ भवनबाट सेवा प्रवाह सुरु

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

मिक्लाजुङ गाउँपालिकाले गर्यो नयाँ भवनबाट सेवा प्रवाह सुरु

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.