जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक उत्सव तथा चुनावी सभा सम्पन्न

उर्लाबारी । जेष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल, उर्लाबारी वडा नं. ६ ले आफ्नो आठौं वार्षिक उत्सव तथा चुनावी सभा बिहीवार भब्य रुपमा सम्पन्न गरेको छ।

उर्लाबारी ६ स्थित महारुद्र शिवालय मन्दिरको सभा हलमा भएको सभालाई सम्बोधन गर्दै कार्यक्रका प्रमुख अतिथि तथा वडा नं ६ का वडा अध्यक्ष चिन्तामणि पौडेलले जेष्ठ नागरिकहरूको अनुपस्थितिमा कुनै पनि सभा वा समारोह अधुरो र अपूरो हुने भन्दै सबैले उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे। अध्यक्ष पौडेलले कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा वडाबाट प्राप्त रकम उल्लेख नभएको प्रति गुनासो गर्दै आर्थिक प्रतिवेदन पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए।

अध्यक्ष धर्म भण्डारी अस्वस्थ भएका कारण उपाध्यक्ष दिलकुमारी शाक्यको अध्यक्षतामा सभा सञ्चालन गरिएको थियो। सभामा कोषाध्यक्ष भीमबहादुर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए,भने सचिव भवानी प्रसाद गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा आजीवन सदस्य रहेका जेष्ठ नागरिकहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिनुका साथै विपन्न जेष्ठ नागरिकहरूलाई निःशुल्क झुल वितरण गरिएको थियो। कार्यक्रमको अन्त्यमा निर्वाचन समिति संयोजक गजेन्द्र दंगाल, सदस्य अम्बिका गौतम र पुन्या नेपालले सभालाई सम्बोधन गर्दै भवानी गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

नव निर्वाचित पदाधिकारीहरुमा ईन्द्रकला भण्डारी उपाध्यक्ष धर्मानन्द कार्की सचीव,ईन्द्रमणी नेपाल सहसचिव भिम बहादुर राई कोषाध्यक्ष त्यसैगरी सदस्यहरुमा देवी प्रसाद बराल,हरिप्रसाद तिम्सिना ,मान बहादुर श्रेष्ठ ,तिल बहादुर भण्डारी दण्ड परियार तथा मनमाया तामाङ रहेको निर्वाचन समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक  उत्सव तथा चुनावी सभा सम्पन्न

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक  उत्सव तथा चुनावी सभा सम्पन्न

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक  उत्सव तथा चुनावी सभा सम्पन्न

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक  उत्सव तथा चुनावी सभा सम्पन्न

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक  उत्सव तथा चुनावी सभा सम्पन्न

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक  उत्सव तथा चुनावी सभा सम्पन्न

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.