रतुवामाईमा नौ जना मोचीलाई नगरको सम्मान

उर्लाबारी। मोरङको रतुवामाई नगरपालिकाले नगरक्षेत्रका मोचीहरूलाई बिहीबार सम्मान गरेको छ । रतुवामाई ७ स्थित सिंजुवा स्वास्थ्य चौकी परिसरमा सडक किनारमा बसेर जुत्ता चप्पल, छाता, टर्च लगायतका सामग्री मर्मत गर्ने नौ जना मोचीहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्मान गरिएको हो ।

सम्मानित हुनेमा बहादुर मोची, भोगेन्दर मोची, गणेशीराम मोची, बेचनलाल मोची, राजकुमार सार्की, सामेल मोची, चतुरमान मोची,विजयकुमार मोची रहेका थिए । सम्मानितहरूलाई नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाई, उपप्रमुख दमयन्ता चुडाल, प्रमुख प्रशासकीय अधिकृत डम्बरुवल्लभ बरालले चार वटा प्लास्टिकका पिरा, ठुलो छाता, टी सर्ट र मर्मत सामग्री राख्ने जस्ताको बाकस प्रदान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाईले सबै समुदाय र वर्गका नगरवासीसँग नगरपालिका जोडिएको बताए। नगर प्रमुख सिंहले जुनसुकै श्रम जुन जातिले पनि गर्न सकिने बताउँदै हामी कहाँ बौद्धिक श्रम गर्नेलाई मात्रै सम्मान गर्ने परम्परा रहेकाले त्यो पुरातन परम्परा नगरपालिकाले तोडेको उल्लेख गरे । ठुलो वा सानो सबै काम रोजगारसँग जोडिएको बताउदै अर्थ आर्जन हुने काम सबै जातजाति गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रतुवामाईमा नौ जना मोचीलाई नगरको सम्मान

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

रतुवामाईमा नौ जना मोचीलाई नगरको सम्मान

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

रतुवामाईमा नौ जना मोचीलाई नगरको सम्मान

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

रतुवामाईमा नौ जना मोचीलाई नगरको सम्मान

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

रतुवामाईमा नौ जना मोचीलाई नगरको सम्मान

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

रतुवामाईमा नौ जना मोचीलाई नगरको सम्मान

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.