उर्लाबारी। नेपाल कम्युनिस्ट पार्टी एमाले उर्लाबारी अन्तर्गतका सात वटा वडाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सम्पन्न भएका वडाहरुबाट सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले उर्लाबारी नगर कमिटीका सचिव चेतन सिग्देलले जानकारी दिए ।
बुधबार सम्पन्न ३ नम्बर वडा कमिटीको अधिवेशनले छविलाल दाहालको अध्यक्षतामा उपाध्यक्ष हर्कबहादुर गहतराज, सचिव जुनिता सुवेदी तथा उपसचिवमा उमेश घिमिरे र सावित्रा तामाङ गोले सर्वसम्मत चयन भएका छन् । यस्तै विहीबार एकै साथ १,२,६,७,८ र ९ नम्बर वडाको अधिवेशन सम्पन्न भएका छन् । ४ र ५ नम्बर वडाको अधिवेशन बैशाख २० गतेलाई तय गरिएको सचिव सिग्देलको भनाई छ ।
प्राप्त विवरण अनुसार वडा नम्बर १ कमिटीमा लक्ष्मि ढकाल अध्यक्ष, सनम लामा उपाध्यक्ष, नगेन्द्रबहादुर चौहान सचिव तथा आतिश श्रेष्ठ र मुना गजमेरलाई उप सचिव पदमा चयन गरिएको छ । २ नम्बर वडा कमिटीमा इन्द्र दाहाल पुनः अध्यक्ष चयन भएका छन् । उपाध्यक्षमा दीपक धिमाल, सचिवमा अर्जुन बास्तोला तथा उपसचिवमा जीतबहादुर खड्का र इन्दिरा डाँगी रहेका छन् । यसैगरी वडा नम्बर ६ को वडा कमिटी अध्यक्षमा वेदनिधि पौडेल, इन्द्रकला भण्डारी, सचिव सुजन अधिकारी तथा उपसचिवमा दिनेश गौतम र लक्ष्मिदेवी निरौला रहेका छन् ।
एमाले ७ नम्बर वडा कमिटीमा जिसन कार्कीको अध्यक्षतामा उपाध्यक्ष नारायण बराल, सचिव शिवकुमार दियाली (राजिव) तथा उपसचिव पदमा नारायण बस्नेत र बबिता खनाल चयन भएका छन् । ८ नम्बर वडा कमिटीमा वालकृष्ण निरौलाको उपाध्यक्ष सुनिल बुढाथोकी, सचिव प्रितम श्रेष्ठ तथा उपसचिवमा बिष्णु थापा र हुमा भट्टराईलाई चयन गरिएको छ ।
वडा नम्बर ९ मा पुनः भीमकुमार फियाक अध्यक्ष चयन भएका छन् । यस्तै, ९ नम्बर वडा कमिटीमा उपाध्यक्ष गणेशमणि पौडेल, सचिव हरिनारायण तिम्सिना तथा उपसचिवमा खगेन्द्र पौडेल र आयोध्यदेवी सिटौला रहेका छन् ।














