हेटौंडामा सडक भासिएर पिकअप भ्यान गायब

हेटौडा। हेटौंडाको उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँको भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी सडक भासिँदा हराएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ।

गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर जोगिएका छन् । घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ ।

बोरिङ पनि धसिएको छ । पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ । हाल डाइभर्सन बनाएर पानी कटाउने काम भइरहेको र गाडीको खोजी कार्य जारी रहेको मकवानपुर प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.