उर्लाबारी। राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी -६ को वडा अधिबेशनले बलराम दहालको नेतृत्वमा नयाँ समितिको चयन गरेको छ । उर्लाबारी ६ स्थित सिद्देश्वर धामको सभाहलमा सनिवार भएको वडा अधिवेशनमा ५ सदस्यीय वडा समिति गठन गरेको हो ।
सभापतिमा दहाल सगै सदस्य हरुमा धर्मप्रसाद रिजाल , शान्ता कुमार श्रेष्ठ , अनामिका बास्तोला र रामकुमार श्रेष्ठ रहेको रास्वपा नगर सचीव कुमार दहालले जानकारी दिनुभएको छ । बिधानत समितिको बैठकबाट अन्य पदाधिकारीहरुको चयन गरिनेछ ।
प्रतिकृया दिनुहोस्
Post Views: 249












