उर्लाबारीमा घाइते मृगको मृत्यु,वनकर्मीको रोहबरमा अन्त्येष्टि

मोरङ। उर्लाबारी नगरपालिका वडा नम्बर ३ स्थित नया मंगलबारेमा बिहिबार बिहान एक मृग कुकुरको खेदाइबाट घाइते बनेपछि मृत्यु भएको छ। सालबारी सामुदायिक वन क्षेत्रबाट भुलेर बस्तीमा छिरेको मृगलाई बिहान करिब ८:३० बजे स्थानीय कुकुरहरूले खेदाएका थिए।

कुकुरको आक्रमणले घाइते बनेको मृगलाई उद्धार गर्न वन कर्मचारी घटनास्थल पुगेका थिए। मृगलाई समातेर प्राथमिक उपचारका लागि सामुदायिक वनकै खोरमा राखिएको सव डिभिजन वन कार्यालय मंगलबारेले जनाएको छ । तर घाईते अवस्थाको उक्त मृगको दिउँसो करिब ३ बजेतिर मृत्यु भएको वन कार्यालयका प्रमुख वन अधिकृत नविनराज दाहालले बताए ।

शुक्रबार दिउसो ३ नम्बर वडाका वडाध्यक्ष भिष्मराज बुढाथोकी, अस्थायी प्रहरी चौकीका प्रहरी, वन कर्मचारी लगायतको रोहबरमा उक्त मृगको शवलाई विधिपूर्वक गाडेर अन्त्येष्टि गरिएको वन अधिकृत दाहालले बताए । वन कार्यालयका अनुसार सो मृग वयस्क भाले थियो। जसको तौल करिव ५० केजी, उचाइ ३५ इञ्च र लम्बाइ ६० इञ्च रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उर्लाबारीमा घाइते मृगको मृत्यु,वनकर्मीको रोहबरमा अन्त्येष्टि

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

उर्लाबारीमा घाइते मृगको मृत्यु,वनकर्मीको रोहबरमा अन्त्येष्टि

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

उर्लाबारीमा घाइते मृगको मृत्यु,वनकर्मीको रोहबरमा अन्त्येष्टि

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

उर्लाबारीमा घाइते मृगको मृत्यु,वनकर्मीको रोहबरमा अन्त्येष्टि

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

उर्लाबारीमा घाइते मृगको मृत्यु,वनकर्मीको रोहबरमा अन्त्येष्टि

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

उर्लाबारीमा घाइते मृगको मृत्यु,वनकर्मीको रोहबरमा अन्त्येष्टि

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.