गौरादहबाट गोरुको मासु सहित पाँचजना पक्राउ

झापा। झापाको गौरादहबाट गोरुको मासुसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गौरादह –१ बस्ने २९ वर्षीय शंकर लिम्बू ,सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन् ।

गएराति १ बजेतिर गौरादह नगरपालिका-१ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।गोरुको मासु बोरामा हाली लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरुले गौरादह –१ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटी मासु ल्याएको बताएका थिए । त्यसपछि लिम्बूको घरमा गई हेर्दा निलो प्लाष्टिक ओछ्याई बोरा, डोको र सेतो बाल्टीमा बहरको टाउको, खुट्टा, छाला, अण्डकोष फेला परेको थियो ।

अन्दाजी १५० केजी बहरको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गौरादहबाट गोरुको मासु सहित पाँचजना पक्राउ

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

गौरादहबाट गोरुको मासु सहित पाँचजना पक्राउ

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

गौरादहबाट गोरुको मासु सहित पाँचजना पक्राउ

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

गौरादहबाट गोरुको मासु सहित पाँचजना पक्राउ

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

गौरादहबाट गोरुको मासु सहित पाँचजना पक्राउ

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

गौरादहबाट गोरुको मासु सहित पाँचजना पक्राउ

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.