घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

इटहरी। इटहरी २० तरहरामा घरको छतमा पानी हाल्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ। आइतबार (आज) बिहान करिब ७ः३० बजेतिर पुष्पलाल टोलस्थित निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका बहालवाला प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्माणाधीन दुई तले घरमा पानी लगाउने क्रममा चिप्लिएर लड्दा इटहरी २० तरहरा घर भई,धनकुटामा कार्यरत असई प्रेम कटवालको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षीय कटवाल घरको छद्दीबाट पानी हाल्ने क्रममा लडेका थिए । ‘छतबाट लडेको भन्नेबित्तिकै हामी घटनास्थल गएका थियौँ,’ एक प्रहरीले भने,‘उपचारका लागि लगिएपनि बचाउन सकिएन।’

लडेर उनी क्रंकिट र पानीको नालामा परेका थिए । घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले तत्कालै अस्पताल लगेपनि उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् । एक श्रीमती र दुई छोरी रहेका कटवालको निधनले प्रहरी जगतमै अपुरणीय क्षति भएको जानकारहरू बताउँछन् ।यद्यपि, घटनाबारे थप अनुसन्धान भने जारी रहेको सुनसरी प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.