उर्लाबारी -२ सिरुझारमा सह- लगानी खानेपानी आयोजनाको शिलान्यास

मोरङ। उर्लाबारी -२ सिरुझारमा आज एक कार्यक्रमका बीच सह-लगानी खानेपानी योजनाको शिलान्यास गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बिराटनगरको आयोजनामार उर्लाबारी खानेपानी उपभोक्ता सरसफाइ संस्थाको ब्यवस्थापनमा उर्लाबारी २ सिरुझारमा निर्माण हुने ओभरहेड ट्याङ्की सहितको सालबारी लक्ष्मीपुर सह लगानी खानेपानी आयोजना उर्लाबारी नगर उप प्रमुख मिनाकुमारी खतिवडा पौडेलद्वारा शिलान्यास गरिएको हो।

४ सय ५० घन लिटर क्षमताको ओभरहेड ट्यान्की सहितको योजना १८ करोड ६२ लाख ५६ हजार ५ सय ३९ रुपैयाँ लागतमा सम्पन्न गरिने लक्ष्य रहेको छ। आयोजना निर्माण सम्पन्न भएपछि उर्लाबारीका सबै वडामा खानेपानी योजना सम्पन्न हुने उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सचिव मेघराज श्रीपालीले बताए।

सिरुझारमा योजना सञ्चालन गर्न संस्था आफैंले ४ कठ्ठा खरिद गरिएको र उर्लाबारी -४ आईतवारेकि टोमा भण्डारी दाहालले अनुदान स्वरुप दिएको एक कठ्ठा जग्गा समेत गरि ५ कठ्ठा जमिनमा सो आयोजना सञ्चालन हुने उपभोक्ता समितिका अध्यक्ष चिन्तामणी पौडेलले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.