धनकुटामा बस दुर्घटना हुँदा १४ घाइते,४ जनाको अवस्था गम्भीर

धनकुटा। नगरपालिका–६ स्थित गोलाई नजिकै धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको धनकुटा अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनामा परेकाहरूको उपचार अहिले धनकुटा अस्पतालमा भइरहेको छ। अस्पतालका अनुसार गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्ने तयारी भइरहेको छ।

बस दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन भने बसमा कति जना यात्रु सवार थिए भन्नेबारे पनि विवरण आउन बाँकी छ। यस्तै, घाइतेहरूको नाम र विस्तृत परिचय सार्वजनिक गरिएको छैन।

घटनास्थलमा तत्कालै प्रहरी परिचालन गरी उद्दार कार्य गरिएको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ।

सम्बन्धित निकायले दुर्घटनाको कारण र दोषी पहिचान गर्न अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.