नेपालको राजनीति डामाडोल भएको छ ।

हेटौंडा । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुनले नेपालको राजनीति डामाडोल भएको बताएका छन् । वर्तमान सरकार संख्याको हिसाबले दुई तिहाइ भए पनि देशमा सुशासन कायम हुन नसकेको उनले बताए ।

सोमबार हेटौंडामा योङ कम्युनिष्ट लिग (वाईसीएल) मकवानपुरको पाँचौं जिल्ला सम्मेलनमा बोल्दै उनले सरकारका गतिविधिका कारण दलाल पुँजीपतिहरुको मनोबल उच्च भएको जिकिर गरे । भ्रष्टचारीहरुलाई कारबाही गर्नुको सट्टा संरक्षणमा सरकार लागेको उनको आरोप छ । पूर्वउपराष्ट्रपति पुनले बिचौलियाहरुको संरक्षणका लागि नै कांग्रेस र एमालेको सरकार बनेको टिप्पणी गरे ।

उपाध्यक्ष पुनले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको बताए । केही अदृष्य शक्तिहरुले राज्य संयन्त्रहरुलाई घेराबन्दी गरेर अर्थतन्त्रलाई ध्वस्त बनाएको उनको भनाइ छ । उनले ती शक्तिहरुको सञ्जाल संविधान, सरकार, न्यायपालिका सबैतिर व्यापकरुपमा फैलिएको जिकिर गरे । देशको राष्ट्रियतामाथि हस्तक्षेप गर्ने हस्तक्षेपकारीहरुसँग ती शक्तिहरुको साँठगाँठ रहेको उनले उल्लेख गरे ।
उपाध्यक्ष पुनले आफू २ पटक उपराष्ट्रपति हुँदा ती सञ्जालहरुलाई चिनिसकेको दाबी गर्दैै देश बचाउन त्यस्ता अदृष्य शक्तिको सञ्जाललाई तोड्नुपर्ने बताए । उपाध्यक्ष पुनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीको भएको समेत बताए । कांग्रेस र एमालेले माटोमा पुरिसकेको संविधानसभालाई माओवादीको १० वर्षे सशस्त्र जनयुद्धले ब्युँताएको उनले दाबी गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपालको राजनीति डामाडोल भएको छ ।

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

नेपालको राजनीति डामाडोल भएको छ ।

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

नेपालको राजनीति डामाडोल भएको छ ।

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नेपालको राजनीति डामाडोल भएको छ ।

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

नेपालको राजनीति डामाडोल भएको छ ।

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

नेपालको राजनीति डामाडोल भएको छ ।

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.