नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

मनहरी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले आज पालिका कार्यलयमा २२ बुँदे मागपत्र बुझाएको छ । मनहरी गाउँपालिका भित्र भएका सम्पूर्ण समस्याहरुको समाधान गर्दै पालिकालाई समृद्ध पालिकाको रुपमा बिकास गर्न आवस्यक योजना बनाउन ध्यानाकर्षण गराउँदै मागपत्र बुझाएको हो ।

राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिक आधार तयार गरी नेपाली समाज र नेपाली जनतालाई सुशासन र रोजगारी श्रृजना सँगसँगै अभिवृद्धि गर्दै समाजवादतर्फ उन्मुख हुनाका लागि अनुरोध गर्दै पालिका कमिटीले उक्त पत्र बुझाएको हो ।

पालिका कमिटीले कृषि मल, बिउ सरल रुपमा समयमै उपलब्ध गराउने व्यवस्था मिलाउँदै वास्तविक किसान हरुले सरकारी अनुदान पाउने व्यवस्था मिलाउन, ढुंगा, गिट्टि, वालुवाको अवैध चोरी निकासीलाई कडाईका साथ नियन्त्रण गर्न, सार्वजनिक जग्गा अतिक्रमण पुर्ण रुपमा नियन्त्रण गर्न, खाद्य पदार्थहरुमा अखाद्य वस्तुको मिसावटको रोकथाम तथा नियन्त्रण गर्न, दैनिक उपभोग्य बस्तुहरुको मुल्यसुचि राख्ने व्यवस्था कडाईका साथ लागू गराइ कालो बजारी लाई पुर्ण रुपमा नियन्त्रण गर्न माग गरेको छ ।

साथै लागु औषध दुर्व्यसनी नियन्त्रण गरि लागु औषध मुक्त मनहरी गाउँ पालीका घोषणा गर्न, युवा स्वरोजगार लाई विशेष ध्यान दिँदै मनहरी पालीका भित्र उद्योग तथा कलकारखाना सञ्चालनमा विशेष ध्यान दिन, बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न आवश्यक सचेतनाको कार्यक्रम संचालन गर्न पनि माग गरेको छ ।

मंगलबार एकीकृत समाजवादी मनहरी गाउँपालिका अध्यक्ष बुद्धिमाया तामाङ र सचिव ओम कुमार आलेको हस्ताक्षरमा निकालिएको मागपत्र पालिकाका अध्यक्ष रन्जन कालाखेतिलाई बुझाएका हुन् । साथै नेकपा (एकीकृत समाजवादी) मकवानपुरका उपसचिव तथा मनहरी गाउँपालिका इन्चार्ज किशोर बर्तौला र जिल्ला सदस्य तथा पालिकाका सह इन्चार्ज रोशन बलको नेतृत्वमा उक्त पत्र बुझाएको हो ।

मागपत्रको पूर्ण पाठ…

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले गाउँपालिकामा बुझाइयो २२ बुँदे मागपत्र

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.