नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन श्रावणमा हुने

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन आगामी साउन महिनाको ३० र ३१ गते काठमाडौंको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा गर्ने निर्णय गरेको छ।

संघका सभापति दिनेश थापा मगरले ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले ‘जागरण, रूपान्तरण र मगर एकता’ भन्ने मूल नाराका साथ महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए। महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न सभापति दिनेश थापा मगरको अध्यक्षतामा १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। यसैगरी, रिक्त रहेका केन्द्रीय सदस्य पदमा नेपाल राष्ट्रिय मगर संघ कोशी प्रदेशका निवर्तमान सभापति जगत राना मगर र सरिता राना मगरलाई मनोनयन गरिएको छ।

बैठकले प्रदेश अधिवेशन गर्न बाँकी रहेका बागमती, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन २०८२ सालको जेठ मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ। संघको केन्द्रीय मुखपत्र “मगर सन्देश” को महाधिवेशन विशेषांक प्रकाशन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य रामबहादुर थापामगरलाई दिइएको छ।

तेस्रो राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन भएका छन्। प्रचार उपसमिति संयोजकमा सहमहामन्त्री जितराज रानामगर, आर्थिक उपसमिति संयोजकमा कोषाध्यक्ष कृष्ण थापामगर, खाना तथा वास व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य कोकिल अस्त्तानीमगर र प्रतिनिधि दर्ता उपसमितिमा केन्द्रीय सदस्य सरिता रानामगरलाई जिम्मेवारी तोकिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन श्रावणमा हुने

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन श्रावणमा हुने

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन श्रावणमा हुने

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन श्रावणमा हुने

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन श्रावणमा हुने

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन श्रावणमा हुने

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.