राप्रपा रुपन्देहीमा पहिरो: उपाध्यक्षसहित तीन नेताद्वारा पार्टी परित्याग

बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीमा ठूलो हलचल भएको छ। पार्टीका उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जनाले पार्टी परित्यागको घोषणा गरेका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष अजयकुमार गुप्ता, जिल्ला सल्लाहकार तथा गत स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुखकी उम्मेदवार विनिता गुप्ता र रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय उपाध्यक्ष डा. अमित चर्तुवेदीले पार्टी छाडेको जानकारी गराएका हुन्।

उनीहरुद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा राप्रपा रुपन्देहीको सक्रिय कार्यंकर्ताको रुपमा विभिन्न ओहोदामा काम गर्दै आइरहेका हामी आजको मितिदेखि यस पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराउँदछौँ । आजका मितिसम्म हामीलाई सहयोग गर्ने पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछौँ ।’

यद्यपि, उनीहरुले पार्टी परित्याग गर्नुको खास कारण खुलाएका छैनन्। तर, गत निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधनपछि हुन लागेको उपनिर्वाचनमा टिकट नपाउने भएपछि उनीहरुले पार्टी छाडेको हुनसक्ने अनुमान गरिएको छ। उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि अन्य आकांक्षीहरु पनि देखिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राप्रपा रुपन्देहीमा पहिरो: उपाध्यक्षसहित तीन नेताद्वारा पार्टी परित्याग

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

राप्रपा रुपन्देहीमा पहिरो: उपाध्यक्षसहित तीन नेताद्वारा पार्टी परित्याग

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

राप्रपा रुपन्देहीमा पहिरो: उपाध्यक्षसहित तीन नेताद्वारा पार्टी परित्याग

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

राप्रपा रुपन्देहीमा पहिरो: उपाध्यक्षसहित तीन नेताद्वारा पार्टी परित्याग

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

राप्रपा रुपन्देहीमा पहिरो: उपाध्यक्षसहित तीन नेताद्वारा पार्टी परित्याग

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

राप्रपा रुपन्देहीमा पहिरो: उपाध्यक्षसहित तीन नेताद्वारा पार्टी परित्याग

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.