Day: २०८२ बैशाख ३१, बुधबार २२:०३

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

पोखरा,वैशाख ३१ गते। धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज (बुधबार) पोखरा महानगरपालिका–३२ लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन्। मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाकी झाङमाया गुरुङको सनाखत भएको छ भने अन्य दुई पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यसैगरी, दुर्घटनामा घाइते भएका आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक बस्नेतले हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको बताए। जिल्ला प्रहरी कार्यालय…
Read More
पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

ताप्लेजुङ,३१ वैशाख। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरामा निर्माण हुँदै आएको केवलकार परियोजनालाई रोक्न यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश सर्वोच्च अदालतले दिएको छ। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त परियोजनाविरुद्ध दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै बाटो खुला गरिदिएको हो।यसअघि गत चैत महिनामा यामबहादुर लिम्बुसहितले पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले दुबै पक्षलाई छलफलका लागि झिकाएर निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश दिएको थियो। छलफलपछि डा. सुवेदी र मुसलमानको इजलासले अन्तरिम आदेश आवश्यक नरहेको ठहर गर्दै काम…
Read More
सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

काठमाडौं,३१ वैशाख। सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सोलुखुम्बुको छेस्काम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। यसअघि पनि वैशाख महिनामा विभिन्न स्थानमा भूकम्पका धक्का महसुस भएका थिए। वैशाख १४ गते डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसैगरी, वैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युड र वैशाख ११ गते रुकुम पूर्वमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा लगातार भूकम्पका साना धक्का महसुस भइरहेका छन्।
Read More
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौँ। महानगरपालिका-२४ मखनटोलस्थित सुरज आर्केड पछाडिको दुई घरमा आज बिहान ग्यास चुहिएर स्थानीय दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको घरमा आगलागी भएको थियो। उक्त आगो फैलिएर नजिकै रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत पुगेको थियो। प्रहरी उपरीक्षक बोहराले दिएको जानकारी अनुसार बिहान करिब १० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
Read More
मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आज भीषण आगलागी भएको थियो। जुन आगलागि अहिले दमकल, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको छ। काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराका अनुसार आगलागीमा परी एक महिलाको मृत्यु भएको छ, तर उनको पहिचान खुल्न बाँकी छ। प्रहरीले दिएको जानकारी अनुसार, सुरज आर्केडको पछाडि रहेको मखन गल्लीमा दयाराम श्रेष्ठको चार तले कच्ची घरको तेस्रो तल्लाबाट ग्यास चुहिएर आगलागी सुरु भएको थियो। आगोले दयाराम श्रेष्ठको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत क्षति पुर्याएको छ। आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। स्थानीय बासिन्दा…
Read More
राप्रपा रुपन्देहीमा पहिरो: उपाध्यक्षसहित तीन नेताद्वारा पार्टी परित्याग

राप्रपा रुपन्देहीमा पहिरो: उपाध्यक्षसहित तीन नेताद्वारा पार्टी परित्याग

बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीमा ठूलो हलचल भएको छ। पार्टीका उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जनाले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष अजयकुमार गुप्ता, जिल्ला सल्लाहकार तथा गत स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुखकी उम्मेदवार विनिता गुप्ता र रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय उपाध्यक्ष डा. अमित चर्तुवेदीले पार्टी छाडेको जानकारी गराएका हुन्। उनीहरुद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा राप्रपा रुपन्देहीको सक्रिय कार्यंकर्ताको रुपमा विभिन्न ओहोदामा काम गर्दै आइरहेका हामी आजको मितिदेखि यस पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराउँदछौँ । आजका मितिसम्म हामीलाई सहयोग गर्ने पार्टीका सम्पूर्ण नेता…
Read More
पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

पोखरा। पोखरास्थित पृथ्वीनारायण क्याम्पस (पीएन) का व्यवस्थापन संकायका शिक्षक डा. देविलाल शर्मामाथि विद्यार्थीलाई जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ। व्यवस्थापन संकायतर्फ एमबिए फाइनान्स विषयको शैक्षिक अवलोकन भ्रमणका क्रममा विद्यार्थी अमन परियारलाई शिक्षक शर्माले जातीय दुर्व्यवहार गरेको बताइएको छ। उक्त घटनालाई लिएर स्वतन्त्र विद्यार्थी युनियन, दलित विद्यार्थी समाज र तराई कानुन विद्यार्थी मञ्चले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। विद्यार्थी संगठनहरूले जातीय विभेद गर्ने शिक्षकलाई कडा कारबाहीको माग गरेका छन्। यसैबीच, क्याम्पस प्रशासनले घटनाको छानबिन सुरु गरेको छ। क्याम्पसले डा. शर्मालाई अनुसन्धान विभागको विभागीय प्रमुख पदबाट हटाइसकेको छ। उनी चार दिनअघि मात्रै उक्त पदमा नियुक्त भएका थिए।
Read More
त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता,खोजी जारी

त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता,खोजी जारी

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा मंगलबार साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्। विद्यालयबाट फर्केपछि साँझ ६ बजेतिर नुहाउन गएका ११ वर्षीया बालिका जेनी डंगोल र सदीक्षा राईलाई नदीले बगाएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन्। घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय र सुरक्षाकर्मीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य तीव्र पारेको छ। एसपी रेग्मीका अनुसार, बालिका बेपत्ता भएलगत्तै खोजी थालिए पनि बुधबार बिहानसम्म उनीहरूको अवस्था अज्ञात छ। यसैबीच, सशस्त्र प्रहरी बलले पनि बेपत्ता बालिकाको खोजीका लागि विपद् व्यवस्थापनमा तालिम प्राप्त सुरक्षा फौज परिचालन गरेको जनाएको छ। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिरस्थित त्रिशूली नदीमा नुहाउने…
Read More
बिहे घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु

बिहे घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु

मोरङ। विवाह घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु भएको छ । बैशाख ३० गते राति रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो। स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरुलाई करेन्ट लागेको थियो। प्रहरीका अनुसार बिवाह घर माथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.