पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

ताप्लेजुङ,३१ वैशाख। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरामा निर्माण हुँदै आएको केवलकार परियोजनालाई रोक्न यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश सर्वोच्च अदालतले दिएको छ।

न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त परियोजनाविरुद्ध दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै बाटो खुला गरिदिएको हो।यसअघि गत चैत महिनामा यामबहादुर लिम्बुसहितले पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रारम्भिक सुनुवाइपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले दुबै पक्षलाई छलफलका लागि झिकाएर निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश दिएको थियो। छलफलपछि डा. सुवेदी र मुसलमानको इजलासले अन्तरिम आदेश आवश्यक नरहेको ठहर गर्दै काम रोक्ने आदेश नदिने निर्णय सुनाएको हो।

यो आदेशसँगै पाथिभरामा आइएमई ग्रुपको लगानीमा अघि बढिरहेको केवलकार निर्माण कार्यलाई अवरोधरहित रूपमा अघि बढाउने बाटो खुलेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.