धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

पोखरा,वैशाख ३१ गते। धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज (बुधबार) पोखरा महानगरपालिका–३२ लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन्। मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाकी झाङमाया गुरुङको सनाखत भएको छ भने अन्य दुई पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

यसैगरी, दुर्घटनामा घाइते भएका आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक बस्नेतले हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको बताए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.