हेटौंडा। निर्माणाधीन भइरहेको स्ल्याप ढलानको काम सम्पन्न भएपछि अब हेटौडा फाखेल फर्पिङ जोड्ने सडकखण्ड अब सञ्चालनमा आउने भएको छ।
पूर्वाधार सडक निर्माणको कामले गर्दा विगत केही समयदेखि उक्त सडकखण्ड पूर्ण सञ्चालनमा रहेको थिएन। भने अहिले उक्त स्थानको सडकमार्ग कामको सम्पन्न भएपछि अब सो स्थानमा सवारी आवागमनमा पुनः सञ्चालनमा ल्याउन थालिएको बताएको छ।
अहिले उक्त स्थानमा भने दुई पाङ्ग्रे सवारी साधनहरू साउन १ गतेबाट नै सञ्चालनमा आइसकेको भएतापनि चारपाङ्ग्रे सवारी साधनको लागि भने साउन ६ गतेबाट सञ्चालन हुने बताइएको छ।
सडक खण्ड भने पूर्णरूपमा सञ्चालन चाहिँ यही साउन महिनाको १३ गतेबाट हुने बताइएको छ।
जानकारी स्रोत; सामाजिक सञ्जाल
प्रतिकृया दिनुहोस्
Post Views: 255














