एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर शाहीको आज बिहान निधन भएको छ।

लामो समयदेखि फोक्सोको क्यान्सर र निमोनियाबाट पीडित शाहीको काठमाडौंको वीर अस्पतालबाट घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिका–५, हर्रे नजिकै मृत्यु भएको हो।

गत एक वर्षदेखि बिरामी रहेका शाहीलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। तर, स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकको सल्लाहमा घर फर्काउने क्रममा बाटोमै उनको निधन भएको ५ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले जानकारी दिए।

शाही २०७९ सालमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको पार्थिव शरीरको भोलि बिहान ९ बजे सुर्खेतको भेरी नदी किनारमा दाहसंस्कार गरिनेछ। वीरेन्द्रनगर नगरपालिकाले वडाध्यक्ष शाहीको निधनमा शोक मनाउँदै भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.