भूमिहीन सुकुम्बासीको पक्षमा हस्ताक्षर अभियान तीव्र, पिपलबोट टोल विकास संस्थाबाट ६०० भन्दा बढीको सहभागिता

हेटौंडा,साउन ३०। हेटौडा उपमहानगरपालिका वडा नं. १३ स्थित पदमपोखरीको पिपल बोट विकास संस्थामा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै हस्ताक्षर अभियान तीव्र रूपमा चलिरहेको छ।

“मध्यवर्ती क्षेत्र खारेज गरौं, सम्पूर्ण उपभोक्तालाई सहभागी बनाऔं, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास बस्ती एक रहौं” भन्ने नारासहित जारी यो अभियानमा हालसम्म ६०० भन्दा बढी स्थानीयहरूको उत्साहजनक सहभागिता देखिएको छ। अभियानको आयोजना भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिले गरेको हो।

संघर्ष समितिका सह-संयोजक उत्तम गोम्जाका अनुसार वडा नं. १३ अन्तर्गतका ८ वटा टोल विकास संस्थाहरू – पदमा सम्भव, पिपल बोट, जडिबुटी, बिन्दाबासिनी, नमुना, सहारा, वनस्पति र हिमचुली — मार्फत अभियानलाई थप सशक्त बनाइँदैछ।

यसैगरी, मनहरी गाउँपालिका अन्तर्गत पनि यो अभियान विस्तार गरिएको छ। संघर्ष समितिका अध्यक्ष क्षेत्रबहादुर मुक्तानका अनुसार मनहरी गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा हस्ताक्षर संकलन भइसकेको छ। ४ र ५ नं. वडामा हिजो सम्पन्न हस्ताक्षर कार्यक्रममा हजारभन्दा बढी व्यक्तिको सहभागिता देखिएको थियो भने अहिले ६ र ७ नं. वडामा पनि हजारौं व्यक्तिहरूले आफ्नो समर्थन हस्ताक्षरमार्फत जनाइरहेका छन्।

संघर्ष समितिले यो अभियानलाई आगामी दिनमा अन्य वडाहरूमा समेत विस्तार गर्दै लैजाने योजना बनाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भूमिहीन सुकुम्बासीको पक्षमा हस्ताक्षर अभियान तीव्र, पिपलबोट टोल विकास संस्थाबाट ६०० भन्दा बढीको सहभागिता

वैभव सूर्यवंशीको विस्फोटक इनिङ्समा राजस्थान दोस्रो क्वालिफायरमा, हैदरावाद ४७ रनले पराजित

भूमिहीन सुकुम्बासीको पक्षमा हस्ताक्षर अभियान तीव्र, पिपलबोट टोल विकास संस्थाबाट ६०० भन्दा बढीको सहभागिता

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

भूमिहीन सुकुम्बासीको पक्षमा हस्ताक्षर अभियान तीव्र, पिपलबोट टोल विकास संस्थाबाट ६०० भन्दा बढीको सहभागिता

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

भूमिहीन सुकुम्बासीको पक्षमा हस्ताक्षर अभियान तीव्र, पिपलबोट टोल विकास संस्थाबाट ६०० भन्दा बढीको सहभागिता

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

भूमिहीन सुकुम्बासीको पक्षमा हस्ताक्षर अभियान तीव्र, पिपलबोट टोल विकास संस्थाबाट ६०० भन्दा बढीको सहभागिता

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

भूमिहीन सुकुम्बासीको पक्षमा हस्ताक्षर अभियान तीव्र, पिपलबोट टोल विकास संस्थाबाट ६०० भन्दा बढीको सहभागिता

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.