हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

हेटौंडा,भदौ ३ । हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सबिन न्यौपानेले आफ्नो पदको दुरुपयोग गर्दै नियतपूर्वक जग्गा सिफारिस गरेको आरोप सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। आयोगको केन्द्रीय कार्यालयस्थित स्क्रिनिङ समितिको निर्देशनमा हेटौंडा कार्यालयले अनुसन्धान सुरु गरेको हो।

वडाध्यक्ष न्यौपानेले काठमाडौँ निवासी मनोज राणाका आमा, स्वर्गीय विजय राणाको नाममा रहेको जग्गालाई रैती लिखितका आधारमा तेस्रो पक्षलाई बिक्री गर्न सिफारिस गरेको आरोप छ। स्क्रिनिङ समितिको निर्देशन अनुसार हेटौंडा स्थित अख्तियारको कार्यालयले अब सम्बन्धित कार्यालयहरूसँग आवश्यक कागजात माग गरी अध्ययन प्रारम्भ गर्ने जनाएको छ।

सूचनाका अनुसार, वडाध्यक्ष न्यौपानेले २०८० साल चैत १५ गते एकैदिन १८ जनाको नाममा मालपोत कार्यालय मकवानपुरलाई जग्गा सिफारिस गरेका थिए। त्यसपछि २०८१ पुस १६ गते थप ६ जनाको नाममा सिफारिस गरिएको खुलेको छ। यी सबै सिफारिसहरू मनोज राणाले वारेसको माग अनुसार गरेको भनिएको छ। तर, वडाध्यक्षले स्वयम् जग्गा सिफारिस गर्ने प्रक्रिया अगाडि बढाउनु र ठोस कागजातविना त्यसरी सिफारिस गर्नु एउ्टा गलत निर्णय हो भनेर बुच्न सकिन्छ।

यता, वडाध्यक्ष न्यौपानेले भने आफूमाथि लागेको आरोपलाई पूर्णतः खण्डन गरेका छन्। उनले दिएको स्पष्टीकरण अनुसार, “सम्बन्धित वारेस मनोज राणाले पेश गरेका प्रमाण र मागका आधारमा मात्रै सामान्य प्रशासनिक सिफारिस पत्र मालपोत कार्यालयमा पठाइएको हो। सबै प्रक्रिया नगरपालिकासँग समन्वयमा नै गरिएको हो,” उनको भनाइ छ।

यस प्रकरणमा अख्तियारको अनुसन्धानको निष्कर्ष सार्वजनिक नभएसम्म वडाध्यक्षमाथिको आरोप पुष्टि नहुने भए पनि प्रारम्भिक सूचनाको आधारमा उनीमाथि गम्भीर प्रश्न उठेका छन्। अब आयोगको विस्तृत अनुसन्धानपछि मात्र सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.