जनता समाजवादी पार्टी ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हेटौंडामा सम्पन्न, जीवन पाख्रिन अध्यक्षमा विजयी

हेटौंडा, भदौ १२ गते । जनता समाजवादी पार्टी नेपालको ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हिजो हेटौंडा–१० स्थित दर्शन पार्टी प्यालेसमा सम्पन्न भएको छ। अधिवेशनले पार्टीको स्थानीय नेतृत्व चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको छ।

मकवानपुर जिल्लाबाट अध्यक्ष पदमा दुई उम्मेदवारी परेपछि निर्वाचन मण्डलले लोकतान्त्रिक विधिबाट निर्वाचन प्रक्रियामार्फत प्रतिस्पर्धा गराएको थियो। कुल २७ जना मतदाता रहेकोमा एकजना अनुपस्थित भई २६ मतदातामध्ये बहुमतका आधारमा अध्यक्ष पदमा जीवन पाख्रिन २० मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी जीवन मान मोक्तान रहेका थिए।

अन्य पदमा भने अधिकांश प्रतिनिधि निर्विरोध चयन भएका छन्। उपाध्यक्षमा मानबहादुर तामाङ र सह–उपाध्यक्षमा संगीता मण्डल निर्विरोध निर्वाचित भए। सचिव पदमा कामे शेर्पा २१ मत प्राप्त गर्दै विजयी भए भने सह–सचिवमा आशिष मिया १४ मतसहित निर्वाचित भए। कोषाध्यक्षमा उत्तम कुमार तामाङ निर्विरोध चयन भए। सदस्यहरुमा प्रेम तामाङ, यमुना शर्मा, संगीता महत्वलगायत निर्विरोध चयन भएका हुन्।

निर्वाचन पश्चात अध्यक्षमा निर्वाचित जीवन पाख्रिनले सबै शुभेच्छुक, मित्र, र समर्थकप्रति आभार प्रकट गर्दै, पार्टीलाई एक निश्चित गन्तव्यमा पुर्‍याउने दृढ प्रतिवद्धता व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालमा समावेशी सोच, सहकार्य र पारदर्शितामार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जनता समाजवादी पार्टी ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हेटौंडामा सम्पन्न, जीवन पाख्रिन अध्यक्षमा विजयी

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

जनता समाजवादी पार्टी ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हेटौंडामा सम्पन्न, जीवन पाख्रिन अध्यक्षमा विजयी

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

जनता समाजवादी पार्टी ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हेटौंडामा सम्पन्न, जीवन पाख्रिन अध्यक्षमा विजयी

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जनता समाजवादी पार्टी ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हेटौंडामा सम्पन्न, जीवन पाख्रिन अध्यक्षमा विजयी

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जनता समाजवादी पार्टी ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हेटौंडामा सम्पन्न, जीवन पाख्रिन अध्यक्षमा विजयी

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जनता समाजवादी पार्टी ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हेटौंडामा सम्पन्न, जीवन पाख्रिन अध्यक्षमा विजयी

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.