२०८२ भाद्र १२, बिहीबार २१:२१
२०८२ भाद्र १२, बिहीबार २१:२१
ललितपुर, भदौ १२ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा सप्तरी जिल्ला महादेवा गाउँपालिका–३ पतनहा निवासी ६८ वर्षीय दीपक कुमार यादव टुटुबाबुको असमयिक निधन भएको छ। उनको निधनको खबरले पार्टी शोकाकुल भएको जनाएको छ। मधेस जनविद्रोहमा महत्वपूर्ण योगदान पुर्याएका यादव महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहे्का थिए। पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरबाट जारी शोक सन्देशमा अध्यक्ष उपेन्द्र यादवले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ। साथै यस दुखद घडीमा शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।