जन्मदिनको अवसरमा पत्रकार सन्देश थिङद्वारा ट्याङ्की दमारका बालबालिकालाई शैक्षिक सामग्री र ९८ वर्षीया वृद्धालाई खाद्यान्न सहयोग

मनहरी, भदौ ३० गते । मनहरी गाउँपालिका–२ ट्याङ्की दमारस्थित श्री ट्याङ्की दमार प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई पत्रकार तथा विशेष पोस्ट डट कमका सञ्चालक सन्देश थिङले आफ्नो जन्मदिनको अवसर पारेर कपी, कलम, इलेजरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्।

भदौ २८ गते परेको आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउन उनले अध्ययनरत साना भाइबहिनीहरूलाई आवश्यक पर्ने सामग्री सहयोग गरेका हुन्। कार्यक्रममा बोल्दै थिङले “सकेसम्म जन्मदिनलाई सामाजिक सेवामुखी कार्यमार्फत आत्मसन्तुष्टि दिलाउने प्रयास गर्दै आएको छु, आगामी दिनमा पनि यस्ता काम निरन्तर गर्नेछु” भन्ने धारणा राखेका छन् ।

कार्यक्रममा थिङका साथी स्तर तामाङले समेत संलग्न हुँदै यस कदमलाई प्रशंसनीय भन्दै निरन्तर साथ र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। आजको कार्यक्रमलाई सञ्चालन भने पत्रकार सूर्य सीले गरेका थिए।

त्यसैगरी आज नै उनले त्यसै वडाकी ९८ वर्षीया छोरी माया स्याङतानलाई चामल, दाल, तेल, आलु, नुन, लुगाधुनी साबुन, भाँडा मस्काउने साबुन, चाउचाउ, भुजा, बिस्कुट लगायत खाद्यान्न तथा आवश्यक पर्ने सामग्री सहयोग गरेका छन्। हाल स्याङतानलाई उनका १८ वर्षीय नाति बुद्धिमान स्याङतानले स्याहार–सुसार गरिरहेका छन्। उनले स्थानीय सरकारको सहयोग अपुग भए पनि मानवीयताको भावले गरिएको यो सहयोगले ठूलो राहत पुगेको बताए्का छन्।

पत्रकारितासँगै सामाजिक उत्तरदायित्व बोध गर्दै थिङले विगतमा पनि आफ्नो जन्मदिन अवसरमा शैक्षिक सामग्री तथा ब्याग वितरण गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सेवामुखी कार्यलाई निरन्तरता दिने बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जन्मदिनको अवसरमा पत्रकार सन्देश थिङद्वारा ट्याङ्की दमारका बालबालिकालाई शैक्षिक सामग्री र ९८ वर्षीया वृद्धालाई खाद्यान्न सहयोग

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जन्मदिनको अवसरमा पत्रकार सन्देश थिङद्वारा ट्याङ्की दमारका बालबालिकालाई शैक्षिक सामग्री र ९८ वर्षीया वृद्धालाई खाद्यान्न सहयोग

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जन्मदिनको अवसरमा पत्रकार सन्देश थिङद्वारा ट्याङ्की दमारका बालबालिकालाई शैक्षिक सामग्री र ९८ वर्षीया वृद्धालाई खाद्यान्न सहयोग

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जन्मदिनको अवसरमा पत्रकार सन्देश थिङद्वारा ट्याङ्की दमारका बालबालिकालाई शैक्षिक सामग्री र ९८ वर्षीया वृद्धालाई खाद्यान्न सहयोग

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जन्मदिनको अवसरमा पत्रकार सन्देश थिङद्वारा ट्याङ्की दमारका बालबालिकालाई शैक्षिक सामग्री र ९८ वर्षीया वृद्धालाई खाद्यान्न सहयोग

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जन्मदिनको अवसरमा पत्रकार सन्देश थिङद्वारा ट्याङ्की दमारका बालबालिकालाई शैक्षिक सामग्री र ९८ वर्षीया वृद्धालाई खाद्यान्न सहयोग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.