२०८२ भाद्र ३०, सोमबार २१:२६
२०८२ भाद्र ३०, सोमबार २१:२६
मनहरी, भदौ ३० गते । मनहरी गाउँपालिका–२ ट्याङ्की दमारस्थित श्री ट्याङ्की दमार प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई पत्रकार तथा विशेष पोस्ट डट कमका सञ्चालक सन्देश थिङले आफ्नो जन्मदिनको अवसर पारेर कपी, कलम, इलेजरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्। भदौ २८ गते परेको आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउन उनले अध्ययनरत साना भाइबहिनीहरूलाई आवश्यक पर्ने सामग्री सहयोग गरेका हुन्। कार्यक्रममा बोल्दै थिङले “सकेसम्म जन्मदिनलाई सामाजिक सेवामुखी कार्यमार्फत आत्मसन्तुष्टि दिलाउने प्रयास गर्दै आएको छु, आगामी दिनमा पनि यस्ता काम निरन्तर गर्नेछु” भन्ने धारणा राखेका छन् । कार्यक्रममा थिङका साथी स्तर तामाङले समेत संलग्न हुँदै यस कदमलाई प्रशंसनीय भन्दै निरन्तर साथ र सहकार्य गर्ने प्रतिबद्धता…